राजधानी लगायत देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।
वर्षाकै कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । त्यसैगरी सिद्धार्थ राजमार्ग पनि अबरुद्ध भएको छ ।
उता, नेपालगञ्जमा पनि वर्षाका कारण समस्या भएको छ । बाँकेका अधिकांश स्थानमा पानी भरिएको छ । घरहरू डबानमा पर्ने खतरा बढ्दै गएको छ ।
यता, दाङको देउखुरीका बिभिन्न ठाउँ पनि जलमग्न भएको छ । राजमार्ग आसपास र अन्य गाउँमा पानी भरिएको छ ।
लमही नगरपालिका वडा नम्बर ६ खैरी गाउँ पानीले जलमग्न भएको छ । घरभित्र पानी प्रवेश गर्न थालेको स्थानीयले बताएका छन् ।