समाजवादी लक्ष्य हासिल गर्न खबरदारी आवश्यक : प्रचण्ड

  • प्रकाशित मितिः माघ १९, २०७८
  • 447 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्डल’ले संविधानद्वारा प्रदत्त समावेशी र समानुपातिक प्रणाली बलियो बनाई समावादको लक्ष्य हासिल गर्न समुदायले खबरदारी गरिरहनुपर्ने बताएका छन्। 

तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा बुधबार बिहान शुभकामना सन्देश जारी गरी अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिकतालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न पनि समुदायको सचेततापूर्वक खबरदारी आवश्यक रहेको बताएका हुन्। 

‘स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रियता र देशभक्ति भावना जागृत गर्न सबै नेपालीमा आह्वान सुस्वास्थ्य र दीर्घायुको शुभेच्छासहित सोनाम ल्होछारको पुनः एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रचण्डले भनेका छन्। 

कूल पूजा र प्रकृति पूजा गर्दै मनाइने यस पर्वलाई तामाङ समुदायले विशेष उत्सवका रुपमा मनाउने गरेका छन्। सरल र मिलनसार यो समुदाय समूहगत रूपमा शुभकामना आदानप्रदान गर्दै मीठोमसिनो खाने र रमाइलो गर्ने गर्छन्। 

‘विभिन्न समुदायका यस प्रकारका सांस्कृतिक पर्वहरूले नेपालीहरूबीच आपसी हार्दिकता र सामाजिक सहिष्णुताको विकास भई राष्ट्रिय अखण्डता र ऐक्यबद्धतामा सघाउ पुर्याउँदछ’, प्रचण्डले भनेका छन्। स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा प्रचण्डले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved