इटहरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१० निवासी ५८ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिएका छन् ।
गत माघ १३ गते उनलाई कोरोना संक्रमण पुष्टि भइ १६ गते अस्पताल भर्ना भएका थिए । उनको आज बिहान कोभिड अस्पतालमा निधन भएको अस्पतालको भनाइ छ । कोरोनाको खोप समेत लगाएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved