मन्त्रालय थपिँदा अर्बौ खर्च बढ्ने चर्चा : अहिलेकै मन्त्रालयको बजेट ६३ करोड मात्र

  • प्रकाशित मितिः माघ २१, २०७८
  • 487 पटक पढिएको
  • समय अनलाइन

इटहरी । प्रदेश १ सरकारले ७ वटा मन्त्रालयलाई बढाएर १२ वटा पुर्याएपछि वार्षिक अर्बौ प्रशासनिक खर्च बढ्ने भन्दै सरकारको आलोचना भइहरेको छ । मन्त्रालय थप हुँदा वार्षिक ४ अर्बसम्म खर्च बढ्ने दाबी विपक्षी दल र कतिपय अर्थशास्त्रीले पनि गरिरहेका छन् ।

वार्षिक करिब ४० अर्ब हाराहारीको बजेट रहेको प्रदेश सरकारका मन्त्रालयको खर्च अहिले प्रचार गरेजस्तो भन्ने देखिन्न । शेरधन राई नेतृत्वको तत्कालिन सरकारले ल्याएको बजेटमा अहिले कायम रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जम्मा खर्च ६३ करोड ९१ लाख, ९७ हजार छ । उक्त बजेटभित्र मन्त्रालयका सबै कर्मचारीको तलब, विभिन्न निकायलाई दिने सहयोग र अनुदान, भौतिक पूर्वाधार विकासका योजनाको रकम पनि छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट अनुसार प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जम्मा बजेट १ अर्ब २ करोड ३३ लाख २ हजार रहेको छ । त्यसमा सबै कर्मचारीको तलबसहित विभिन्न निकायले दिइने अनुदान, स्थानीय तहलाई पठाइने सहायता रकमसहितका धेरै योजना समावेश छन् । मुख्यमन्त्रीको सचिबालय पनि मन्त्रीहरुको तुलनामा धेरै ठूलो हुने गरेको छ ।

‘अहिले कायम रहेको आन्तरिक मामिला मन्त्रालयको कर्मचारीको तलबसहित जम्मा बजेट ६३ करोड छ भने मन्त्रालय विस्तार हुँदा कसरी अर्बौ लागत बढ्छ ?’ प्रदेश सरकारका एक सचिवले प्रश्न गरे, ‘मुख्यमन्त्री र मन्त्रीहरु बरु विगतमा निजी आवास महँगोमा लिएर बस्ने गरेमो त्यसलाई रोकिएकोले खर्च कटौती हुन्छ ।’

अघिल्लो सरकारका मुख्यमन्त्रीसहितका मन्त्रीहरु निजी घर भाडामा लिएर बस्दा सरकारलाई चर्को आर्थिक भार परेको थियो । अहिले भने मन्त्रालय र मन्त्रीहरुको आवासलाई पनि सरकारी भवनमै केन्द्रीत गर्ने सरकारको योजना छ ।

यसअघिका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु हिक्मत कार्की, जगदिश कुसियैत महंगोमा निजी घर भाडामा लिएर बसेका थिए । ती भवन परिसरको मर्मत संभारमा पनि ठूलो रकम खर्च गर्ने गरिएको थियो । अहिलेका मुख्यमन्त्री राजेन्द्र राई र आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो सरकारी आवासमा छन् भने आन्तरिक मामिला मन्त्री केदार कार्की र सामाजिक विकास मन्त्री जयराम यादव आफ्नै घरमा बसेका छन् ।

मुख्यमन्त्री शेरधन राईले सम्पर्क कार्यालयका नाममा काठमाडौंमा मासिक ४ लाख रुपैयाँ खर्च गर्ने गरेका थिए । कार्यालयमा सवारी चालकसहितका अन्य कर्मचारी पनि राखिएको थियो । अहिले सरकारले काठमाडौंको सम्पर्क कार्यालय बन्द गरिसकेको छ ।

काठमाडौंको सम्पर्क कार्यालय बन्द गरेर मुख्यमन्त्री र मन्त्रीहरु सरकारी आवासमा बस्दा मात्र सरकारको वार्षिक करिब १ करोड रुपैयाँ खर्च जोगिएको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले बताए ।

मन्त्रालय विस्तार भएपछि सवारी साधन नयाँ खरिद नगर्ने र अहिले भएकै सवारी साधनबाट काम चलाउने, अहिले भएकै कर्मचारीबाट कामको व्यवस्थापन गर्ने र सरकारी भवन नै प्रयोग गर्ने भएकोले ठूलो खर्च नबढ्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । मन्त्रीको स्वकीय सचिवालयमा कर्मचारी र सहयोगीको खर्च र थोरै प्रशासनिक खर्च मात्र बढ्ने उनको भनाइ छ ।

प्रदेशमा ५ वटा मन्त्रालय बढ्दा वार्षिक केहि करोड मात्र खर्च बढ्ने दाबी सरकारको छ । त्यसलाई अनावश्यक खर्च कटौती गर्ने, अनावश्यक कार्यालय बन्द गर्ने र मितव्ययीता अपनाएर पुरा गर्ने सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved