मोरङ व्यापार संघको टोलीले भारतीय मन्त्रीलाई भन्यो, ‘मिरगञ्ज पुल बनाइयोस्’

  • प्रकाशित मितिः माघ २२, २०७८
  • 473 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । मीरगञ्ज पुलको समस्या समाधान तथा विराटनगर नाकासम्मको आवागमन सुचारु गराउन पहल गरी रहेको मोरङ व्यापार संघलाई भारतीय मन्त्रीले आमन्त्रण गरी विहारको राजधानी पटनामा भेटघाट गरेका छन् ।

भारतका विभिन्न अधिकारीहरू समक्ष समस्या निराकरणका लागि पहल गरिरहेका अध्यक्ष नवीन रिजालसहितको टोलीलाई भारतको विहार राज्यका कला, संस्कृति तथा युवा मामिला मन्त्री माननीय आलोक रञ्जनले समस्याबारे जानकारी लिन पटना आमन्त्रण गरेका थिए ।

आमन्त्रण स्वीकार्दै अध्यक्ष रिजालको नेतृत्वमा एक टोली आज पटना गएर विहारका मन्त्री समक्ष मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्यमी–व्यवसायीको प्रमुख समस्याको रूपमा रहेको क्षतिग्रस्त मीरगञ्ज पुलबारे अवगत गराउँदै समस्याहरू शीघ्र निराकरणका लागि भारतका सम्बन्धित निकायमा पहल गरिदिन अनुरोध गरी संघको सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ ।

संघको अध्यक्ष रिजालसहित सचिव संजय श्रेष्ठ, कार्यकारिणी सदस्यहरु मनिष मारु र गोपाल अग्रवाल तथा विराटनगरका समाजसेवी पवन सुरानासहितको टोलीले पटनामा मन्त्रीसहित विहार सरकारका अन्य अधिकारीलाई समेत भेटघाट गरेका हुन् ।

संघले भारतको बथनाहा–जोगबनी मार्गमा विगत एक महिनादेखि क्षतिग्रस्त रहेको मीरगञ्ज पुलका कारण विराटनगर नाकामार्फत औद्योगिक प्रयोजनका सवारी साधनहरुको आवागमन अवरुद्ध हुन गई दैनिक करिब ४ सय मालवाहक सवारी साधनहरु भीमनगर–भन्टावारी नाका मार्फत थप १३० किमी गन्तव्य तय गर्नु पर्ने र त्यसबाट प्रति सवारी साधन लगभग २० हजार रुपैयाँ लागत खर्च वृद्धि हुन गएकोले त्यसको निराकरणका लागि भारतीय पक्षले तत्कालै कदम चाल्नु पर्ने बताउँदै आएको छ । सोका लागि संघले ज्ञापन पत्र मार्फत विराटनगर नाकाबाट नेपाल प्रवेश हुनु पर्ने ३० मेट्रिक टनसम्मका सवारी साधनहरु तथा भारत फर्किने खाली सवारी साधनहरुका लागि अररिया–कुर्साकाँटा–जोगबनी मार्ग खुला गरिनु पर्ने, क्षतिग्रस्त मीरगञ्ज पुलको छेउमा अन्तिम चरणमा निर्माणाधिन ४ लेनको नयाँ पुललाई अस्थायी रूपमा तत्कालै संचालनमा ल्याउनु पर्ने तथा क्षतिग्रस्त मीरगञ्ज पुलको मर्मत कार्यसमेत शीघ्रताका साथ सम्पन्न गर्नु पर्ने आदि सुझावहरु प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved