बस दुर्घटनामा १४ जना घाइते, तीनजनाको अवस्था गम्भीर

  • प्रकाशित मितिः असार १८, २०७५
  • 1260 पटक पढिएको
  • Mausam

 
 
 

 

 रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा आज बिहान करीब २ः३० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी दाङ तुल्सीपुर उपमहानगरपालिका–३ का १७ वर्षीया सृष्टी पुन, उहाँकी आमा ३६ वर्षीया माया पुन, वडा नं ८ का ३१ वर्षीय अजय बुढाथोकी र सोही ठाउँका २१ वर्षीय क्षतिज मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै सल्यान त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय विष्णु परियार, सल्यान बागचौर नगरापालिका–१० का २९ वर्षीय शिशिरकुमार गिरी, सल्यान सारदा नगरपालिका–१ का गाडी मालिक २४ वर्षीय धीरेन्द्र श्रेष्ठ, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–३ मैकोटका २५ वर्षीय करण बुढा, सोही ठाउँका १८ वर्षीय राज बुढा, १५ वर्षीया नवीना बुढा, वडा नं १२ कोलका ३५ वर्षीय सुन्दर बुढा, उहाँका छोरा ११ वर्षीय बलमान बुढा तथा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का २७ वर्षीय मोहन कुसारी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

घाइतेमध्ये तीन जना सृष्टी पुन, विष्णु परियार र करण बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनाको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved