खाद्य प्रविधि कार्यालय अन्यन्त्र सार्दा करोडौंको उपकरण खेर जान्छ : रिजाल

  • प्रकाशित मितिः माघ २३, २०७८
  • 503 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अन्यन्त्र सार्दा करोडौं रुपैयाँको उपकरणहरु खेर जाने भएकोले अरु ठाउँमा नसार्न कार्यालय प्रमुख राजकुमार रिजालले आग्रह गरेका छन् । प्रदेश १ सरकारले उक्त कार्यालय रहेको भवनमा कुनै एउटा मन्त्रालय राख्ने तयारी गरेपछि रिजालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले करोडौँ मूल्यका उपकरणहरू अन्यत्र सार्न नमिल्ने गरी जडान गरेको र यहाँबाट अन्यत्र सार्दा उपकरणहरु खेर जाने बताए । कार्यालयमा दोस्रो त्रैमासिक प्रगति सार्वजनिक कार्यक्रममा उनले केमिकल भण्डारण कक्ष तथा प्रयोगशाला सुरक्षा उपकरणहरूको व्यवस्था गरिएकाले यसलाई हटाउन नुहने बताए ।

खाद्यको प्रयोगशालमा ९०० भन्दा बढी खाद्य उद्योगको परीक्षण गर्ने गरेको उनले जानकारी दिए । यहाँ वार्षिक ५ हजारभन्दा बढी अन्तर्राष्ट्रियस्तरको परीक्षण हुने गर्छ । कार्यालयका प्रमुख रिजालका अनुसार भवनको स्वरूप प्रयोगशालालाई मध्यनजर गरेर अत्याधुनिक उपकरणहरूको आवश्यकता अनुसार डिजाइन गरिएको छ । अन्य भवनको भन्दा फरक संरचना रहेकाले त्यसैको आधारमा सामान्य तथा रोगकीरा सुक्ष्म जीवाणुको विश्लेषण गर्ने स्थल तथा उपकरणहरूको व्यवस्था मिलाइएको उनले बताए ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला भएकाले यसले देशलाई नै फाइदा पुग्ने उनको भनाइ छ । भोली मौजुदा संरचना हटाउँदा प्रयोगशाला उपयोगविहीन बन्नसक्नेतर्फ रिजालले सचेत गराएका छन् । केमिकल भण्डारण कक्ष तथा प्रयोगशाला सुरक्षा उपकरणहरूको व्यवस्था गरिएकाले यसलाई हटाउन नहुने उनले प्रष्ट पारे । करोडौं मूल्यका उपकरणहरू अन्यत्र सार्न नमिल्ने गरी जडान गरिएको उनको भनाइ छ । ‘युरोपियन युनियनको सहयोगमा आएका उपकरणको स्थायी जडान गरिएको छ । अन्य भवनमा उपकरण जडान गर्न र प्रयोगशाला सञ्चालन गर्नै मिल्दैन । यो धेरै संवेदनशील प्रयोगशाला हो’, उनले भने, ‘प्रयोगशाला आवासीयस्थलभन्दा छुट्टै स्थानमा हुनुपर्दछ । त्यसैले हामीले उपचारका लागि चाहिने संरचना समेत हालको स्थानमा जडान गरिसकेका छौँ ।’

हाल कायम रहेका ७ मन्त्रालयलाई फुटाएर १२ पु¥याउने प्रदेश १ सरकारले निर्णाय गरेको छ । सोहीअनुसार प्रदेश राजधानी विराटनगर आसपास ठूला सरकारी भवन खाली गर्ने काम सुरु भएको छ । थप हुने मन्त्रालयका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको भवन पनि प्रयोग गर्न सक्ने भएकोले कार्यालय प्रमुख रिजालले सचेत गराएका हुन् । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved