कोशी अस्पतालभित्र ७१ शैय्याको बर्थिङ सेन्टर सञ्चालन

  • प्रकाशित मितिः माघ २३, २०७८
  • 839 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालभित्र ७१ शैय्याको बर्थिङ सेन्टर संचालनमा आएको छ । सुरक्षित मातृत्वको सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल भित्र बर्थिङ सेन्टर संचालनमा आएको हो ।

बर्थिङ सेन्टरबाट सम्पूर्ण प्रकारको प्रसुती सेवाहरु प्रदान हुनेछ । बर्थिङ सेन्टरबाट शल्यक्रियादेखि सामान्य तरिकाले प्रसूति गराउने अस्पतालले जनाएको छ । यसअघि जिर्ण र पुरानो भवनबाट प्रसूति सेवा प्रदान गरिँदै आएको थियो । अहिले सुविधा सम्पन्न भवनबाट सेवाप्रभाव गरेपछि विरामीको उपचारमा सहजता हुने कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘पुरानो भवन जीर्ण र फोहोर थियो । पर्याप्त बेडहरु पनि थिएनन् । सेवा प्रवाह पनि चुनौतीपूर्ण र कठिन थियो,’ उनले भने, ‘तर, अब त्यो समस्याको हल भएको छ । अब नयाँ भवनबाट विरामीलाई सेवा प्रवाह गर्नेछौं ।’

अमेरिकी सेनाको सहयोगमा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण भएको हो । उक्त बर्थिङ सेन्टरको आज एक कार्यक्रमको आयोजना गरि अस्पताललाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएको उक्त बर्थिङ सेन्टर हप्तादिन भित्रै सञ्चालनमा आउने अस्पतालले जनाएको छ । बर्थिङ सेन्टरमा ७१ बेडका साथै अन्य सम्पूर्ण अत्याधुनिक सेवा सुविधाहरु उपलब्ध छन् । बर्थिङ सेन्टरका लागि कोशी अस्पतालसँग हाल ८ जना बिशेषज्ञ डाक्टरहरु छन् ।

सेवा प्रवाहसँग थप स्वास्थ्य जनशक्ति परिचालन गर्ने अस्पतालले जनाएको छ । दुईतलाको संरचना रहेको मोरङ बर्थिङ सेन्टरको निर्माण कार्य २०७७ असार अन्तिम सातादेखि सुरु भएको थियो । केही दिनअघि मात्रै निर्माण सम्पन्न भएको उक्त बर्थिङ सेन्टर १.२ मिलियन अमेरिकी डलर अर्थात् करिब १२ करोड रुपैयाँ बढीको लागतमा उक्त बर्थिङको निर्माण कार्य सम्पन्न भएको हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि.का निर्देशक खेमराज खनालले बताए । बर्थिङ सेन्टरमा हाल २ वटा अपरेसन थिएटर, डेलिभरी रुम र ब्लड रेफ्रिजेरेटरलगायतका सुविधाहरु छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved