तान्त्रिकले ‘छोरो पाउँछौ’ भन्दै गर्भवती महिलाको निधारमा ठोके किला

  • प्रकाशित मितिः माघ २८, २०७८
  • 1397 पटक पढिएको
  • समय अनलाइन

पाकिस्तानमा तन्त्र विधिबाट उपचार गर्ने भन्दै एकजनाले गर्भवती महिलाको निधारमा किला ठोकेका छन् । निधारमा ठोकिएको पाँच सेन्टीमिटर लामो किलो निकाल्ने प्रयास असफल भएपछि ती महिला उपचारका लागि आफै पेशावर सहरको एउटा अस्पतालमा आइपुगेकी थिइन् ।

सुरुमा उनले डाक्टरहरूलाई निधारमा आफैले किला ठोकेको भन्दै वास्तविकता लुकाउन खोजेकी थिइन् । तर, पछि उनले यस्तो विधिबाट उपचार गर्दा छोरो नै जन्मिने भन्दै एकजना तान्त्रिकले आफ्नो निधारमा किला ठोकेको बताएकी थिइन् ।

ती महिलालाई चोट लागेको एक्स-रे अनलाइनमा भाइरल हुन थालेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । एक्स-रेमा निधारभित्र किला अड्केको स्पष्ट देखिन्छ । लेडी रिडिङ हस्पिटलका डाक्टर हैदर खानले उपचारका लागि आउँदा उनी पूणर् रूपमा होसमा रहेको तर अत्यन्तै पीडामा रहेको बताएका छन् ।

अस्पतालका कर्मचारीलाई उद्धृत गर्दै स्थानीय अखबार डनले ती महिलाले एक जना छिमेकीको सल्लाहअनुसार तान्त्रिकलाई भेटेको जनाएको छ । ती महिलाले पहिलै तीन जना छोरी जन्माइसकेको र यदि फेरि पनि छोरी पाएमा उनका श्रीमानले सम्बन्धविच्छेद गर्ने धम्की दिएका थिए । त्यसै डरका कारण तीन महिने गर्भवती उनी तान्त्रिकको शरणमा पुगेकी थिइन् । ती तान्त्रिकलाई प्रहरीले खोजिरहेको छ ।

केही दक्षिण एसियाली गरिब मुलुकहरूमा अझै पनि छोरीले भन्दा छोराले राम्ररी कमाउने र आमा-बुबालाई राम्ररी पाल्ने विश्वास गरिन्छ । पाकिस्तानका केही भागमा अझै पनि तन्त्रमन्त्रमा मानिसहरू धेरै विश्वास गर्छन् । विशेषगरी उत्तर-पश्चिमी आदीवासी क्षेत्रमा यो अन्धविश्वास निकै फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved