कानेपाेखरीमा सुकुम्बासीको जग्गा हेर्न आउनेलाई ‘भू–माफिया’ भन्दै कुटपिट : बाचुञ्जेल फर्केर नआउने कागज गराएर छाडियाे

  • प्रकाशित मितिः माघ २९, २०७८
  • 589 पटक पढिएको
  • समय अनलाइन

इटहरी । मोरङको कानेपोखरी गाउँपालिका ६ दहिधापमा जग्गा हेर्न आएका तीन जनालाई स्थानीयले ‘भू–माफिया’ भन्दै कुटपिट र उनीहरुले चढेको गाडी तोडफोड गरिदिएका छन् ।

स्थानीयले रामेछाप जिल्ला सुनपाती गाउँपालिका घर भई काठमाडौँ बस्दै आएका शेरबहादुर मगर, काठमाडौं जोरपार्टी ७ बस्ने पर्लादमान सिंह बस्नेत र सोलुखुम्बु दुधकुण्ड नगरपालिका बस्ने नूतन श्रेष्ठलाई भू–माफिया भन्दै कुटपिट गरेका हुन् । आक्रोशित स्थानीयले उनीहरु चढेर आएको बा ९ च ५७७२ नम्बरको कार पनि तोफोड गरिदिएका छन् ।

बिहीबार दहिधापमा वर्षौदेखि यहाँका सुकुम्बासीहरुले भोगचलन गर्दै आएका जग्गा हेर्न उनीहरु आएका थिए । जग्गा हेर्न आएका उनीहरुले फोटो खिच्न थालेपछि स्थानीयले भू माफिया आएको र यहाँका सुकुम्बासीलाई उठाउने सक्ने भन्दै कुटपिट गरेका थिए । ठूलो संख्यामा भेला भएका स्थानीय कुटपिट र तोडफोडमा उत्रिएपछि स्थायी प्रहरी चौकी रमाइलो, इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल शनिश्चिरे पुगेको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी खटाएपछि भीड नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

७ घण्टासम्म स्थानीयको घेराबन्दीमा रहेका उनीहरुलाई प्रहरीले बिहीबार साँझ इप्रका पथरी लिएर आएको डिएसपी कृष्ण खड्काले बताए । वर्षौदेखि बसोवास गर्दै आएका सुकुम्बासीहरुले भोगचलन गर्दै आएका जग्गाको फोटा र भिडियो खिच्ने गरेको देखेपछि भू–माफिया हुनसक्ने भन्दै स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

प्रशासनको रोहबरमा तीन बुँदे सहमति गरेपछि उनीहरूलाई छोडेको थियो । उनीहरुलाई स्पटमै कायलनामा कागज पनि गराइएको छ । उक्त कागज गाउँपालिका न्यायिक समितिमा रहनेछ । कागजमा आउँदा दिनमा माफिया गिरी नगर्ने, सुकुम्बासीलाई दुःख नदिने, त्यस क्षेत्रमा नआउने उल्लेख छ । उक्त कागजमा उनीहरुले सहिछाप गरेपछि प्रहरीलाई जिम्मा लगाएको स्थानीय अम्बिका अर्यालले बताए ।

कानेपोखरीको गाउँपालिका भित्र झण्डै पाँच हजार घरदुरी सुकुम्बासी रहेका छन् । सबैभन्दा बढी कानेपोखरी ६ मा रहेको छ । कानेपोखरी ६ मा मात्र १ हजार ३ सय घरधुरी सुकुम्बासी रहेका छन् । नयाँ मान्छे आएर सुकुम्बासीले वर्षौदेखि भोगचन गर्दै आएको जग्गा आए यहाँका स्थानीय एकजुट भएर उनीहरुलाई लखेट्ने गरेका छन् ।

यसअघि २०७३ सालमा पनि यस्ता घटना भएको थियो । त्यसबेला पनि तीन जनामध्ये शेरबहादुर मगरले ठूलै ग्याङ ल्याएर नाप जाँप गर्दा स्थानीय र उनीहरुबीच झडप भएको अर्यालले बताए । तीन जनामध्ये शेरबहादुर मगर भू–माफियाको मुख्य नाइके थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved