इटहरी । इटहरीमा लैङ्गिक तथा यौनिक अलपसंख्यकहरुको सवालमा सराकारवालाहरु सगको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरकृया कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक र एच आई भि संक्रमीतहरुका विषयमा छलफल गरीएको थियो । मानव कल्यण समाज इटहरीले आयोजना गरेको सो कार्यक्रmममा सहभागीहरुले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुप्रति आफुहरु सधै सकारात्मक रहेको वताएका थिए ।
हिंसामा परेको लैङ्गिक तथा यौनिक अल्पसंख्यक र एच आई भि संक्रमीतहरुका लागी सञ्चालनमा ल्याएको सम्मान गृहले हाल सम्म नौ वटा जिल्लामा सम्मान गृह सञ्चालनमा ल्याएको र सुनसरीका लागी भने इनरुवा अस्पाताल छेउमा सञ्चालन भैरहेको जानकारी गराइयो । कार्यक्रममा इटहरी नगरपालीका,माइती नेपाल,इलाका प्रहरी कार्यलय इटहरी,साहारा समाज लगायतको प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved