मेक्सिको लाई घर पठाउँदै फेरी चम्किए नेईमार, अव ब्राजिल र बेल्जियमको प्रतिस्पर्धा

  • प्रकाशित मितिः असार १९, २०७५
  • 1017 पटक पढिएको
  • Mausam

राजिलका लागि स्टार खेलाडी नेइमार मेक्सिको विरुद्धको नकआउट चरणको खेलमा नायक सावित भएका छन् । एक गोल गरेर र एक उत्कृष्ट पास मिलाएर नेइमार नायक सावित भएका हुन् । नेइमारले खेलको ५१ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

उनले पहिलो हाफ गोलरहित रहेको अवस्थामा ब्राजिलका लागि गोल गरेर अग्रता दिलाएका थिए । नेइमार खेलको म्यान अफ द म्याच बनेका थिए । जारी विश्वकपमा नेइमारले दोस्रो गोल गरेका हुन्। खेलको ८८औँ मिनेटमा नेइमारको पासमा सब्सिच्युट खेलाडीका रुपमा मैदान छिरेका रोबर्ट फिरिमिनोका लागि उत्कृष्ट पास उपलब्ध गराए ।

रोबर्टले नेइमारको पासलाई गोलमा परिणत गरेका थिए। केही अवसर सिर्जना गरेपनि डिफेन्डिङ च्याम्पियन जर्मनीलाई समूहचरणमा पराजित गरेर नकआउट चरणमा पुगेको मेक्सिकोले गोल गर्न सकेन । यो पराजयसँगै मेक्सिकोको विश्वकप २०१८ को यात्रा टुंगिएको छ ।
यसैबिच विश्वकप नकआउट चरणमा बलियो मानिएको बेल्जियमले एसियाली प्रतियोगी जापानविरुद्ध कठिन जीत निकालेको छ । बेल्जियमले खेल आफ्नो पक्षमा निर्णायक बनाउन खेलको अन्तिम मिनेटसम्म संघर्ष गर्नुर्पयो ।

खेल एक समयमा जापानले २(० गोलले बेल्जियमसँग अग्रता बनाएको थियो। जापानका लागि सुरुमै दुई गोल गर्ने क्रममा गेनकी हारागुचीले ४८औँ र टाकासी इनुले ५१औँ मिनेटमा दोस्रो गोल प्रहार गरेर खेलमा दुई शुन्नाको अग्रता कायम गरेका थिए। तीन मिनेटभित्र दुई गोल खाएको बेल्जिमले खेलमा फर्कन कठिन संघर्ष गर्नुर्पयो

बेल्जियमका लागि जन भेर्टङ्गनले ६९औँ मिनेटमा गोल गरे। त्यसपछि मारोउने फिलाइनीले ७४ औँ मिनेटमा गोल गरेर जापानसँग बराबरी गरे। खेलमा विजयी गोल गर्नुपहिले बेल्जियमले जापानका केही उत्कृष्ट प्रहारको सामना गर्नुर्पयो र उसका केही राम्रा प्रहार जापानका गोलकिपरले विफल बनाइदिए । निर्धारित ९० मिनेटमा बराबरीमा सकिएको खेलमा चार मिनेट अतिरिक्त समय थपिएको थियो। जसको चौथो मिनेटमा नासेर चडलीले विजयी गोल गरे। जापानको यो पराजयसँगै विश्वकप यात्रा टुंगिएको छ ।

जापान विश्वपकको इतिहासमा पहिलोपटक प्रयोगमा आएको फेयरप्ले निर्णयका आधारमा नकआउट चरणमा पुगेको थियो। समूहचरणमा सेनेगल र जापानको अंक र गोल बराबरी भएपछि खेलको निर्णय फेयरप्लेबाट लिइएको थियो। बेल्जियमले क्वाटरफाइनलमा अब ब्राजिलको सामना गर्नुपर्ने भएको छ । ब्राजिल र बेल्जियमको नकआउट चरण खेल असार २२ गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved