एमाले ,काङ्ग्रेसको उमेदवारहरु चुनावी मैदानमा सक्रिय ।

  • प्रकाशित मितिः बैशाख २०, २०७९
  • 438 पटक पढिएको
  • समय अनलाइन


इटहरी । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन् । ७ वटा वडा रहेको बूढीगंगा गाउँपालिकामा अहिले एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरु आफ्ना चुनावी नाराका साथ अघि बढेका छन् । बूढीगंगा गाउँपालिका वडा-४ का युवा सागर बराल अहिले मतदाताको बीचमा आफ्ना चुनावी एजेण्डासहित गएको बताउँछन् । उनलाई सबैको साथ रहेको उनले सुनाए ।
आफ्नोजस्तो चुनावी एजेण्डाहरु अरुको नरहेकोले सबैले आफूलाई सहयोग गर्नेमा उनी विश्वस्त छन् । बूढीगंगाका युवा र जुझारु युवा सागर बरालको पक्षमा युवा, महिला, ज्येष्ठ नागरिकसहित मुस्लिम, पहाडे, थारु समुदाय र विभिन्न जातजातिको साथ रहेको उनी निकटका नेता कार्यकर्ताहरुले बताएका छन् ।
उनीसँगै वडा सदस्यको दौडमा रहेका महिला सदस्य मञ्जु बुढाथोकी, चानोदेवी ऋषिदेव, चिरञ्जीवी सरदार र मोहम्मद नुर आलम पनि सोही दौडमा छन् । सागरको नेतृत्वमा हिँडेको यो टोलीले सबै टोलहरुमा घरदैलो सकेर अब आन्तरिक भोटघाट र वडा भेलामा केन्द्रित रहेको बूढीगंगा-४ का बिष्णु अधिकारीले जानकारी दिए ।
वडा अध्यक्षमा युवा नेतृत्व आएपछि बराललाई जिताउन कुनै पार्टीपनि नभनी मतदान गर्ने मतदाताको भनाई छ । उनले आफू निर्वाचित भएर आएपछि नागरिकसँग सँधैसँगै रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचित भएपछि बूढीगंगा ४ मा निम्न कामहरु गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।


माओवादी छोडेर ४२ एमाले प्रवेश
मोरङको ग्रामथान गाउँपालिका-१ मा माओवादीका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनको चुनावी अभियानअन्तर्गत माओवादीका ४२ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा संजय राजवंशी, कमल राजवंशी, दीप राजवंशी, विक्रम राजवंशी, अजय राजवंशी, भुराज राजवंशी, साजन ऋषिदेव, विजय राजवंशी, सविन माझी, ओम राजवंशी, मुकेश माझी र विहालाल माझी रहेका छन् ।
लखन्तरीमै माओवादीका पूर्वजनमुक्ति सेनामा रहँदा ३ वर्ष जेल बसेका प्रह्लाद रायसहित ३० जना माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।


मुस्लिम समुदायसँगै मनाए थापाले पनि इद
नेकपा (एमाले) का तर्फबाट मेयरका उम्मेदवार सागर थापाले मुस्लिम समुदायसँगै विराटनगमा इद पर्व मनाएका छन् ।
इस्लाम धर्मावलम्बीहरुको महान पर्व इल उल फित्रको अवसरमा सोमबार विराटनगर-९ मा आयोजित इद मिलन कार्यक्रममा मेयरका उम्मेदवार थापाले मुस्लिम धर्मावलम्बीहरुसँगै इद मनाएका हुन् ।
सो क्रममा मेयरको प्रत्यासी थापाले सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको सम्मान र मुस्लिम समुदायको उत्थानमा आफूले काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved