मेयर पदको उमेदवार मञ्जु भणडारीलाई गृह वडामा भव्य स्वागत ।

  • प्रकाशित मितिः बैशाख २०, २०७९
  • 427 पटक पढिएको
  • समय अनलाइन


इटहरी । धरान उपमहानगरपालिकाको उपमेयर भएर काम गरिसक्नु भएकी नेकपा एमालेकी सशक्त मेयरकी उम्मेद्वार मञ्जु भण्डारीको गृह वडा धरान–१५ मा उहाँलाई वडावासीले आज भव्य स्वागत गरेका छन् ।
मेयर उपमेयर, वडाध्यक्ष र सदस्यहरुसहितको घरदैलो कार्यक्रममा स्थानीय स्वस्फ्रुद नारा लगाउदैं सडकमा निस्किए । महिलालाई मेयरको उम्मेद्वार बनाएकोमा एमाले प्रति खुशी हुदैं उहाँहरुले जीतको शुभकामना दिनु भयो । २ बजेदेखि साँझसम्म स्थानीयहरुले उम्मेद्वारको घरदैलोमा साथ दिनु भएको थियो । महिला त्यो पनि ४० नकटेकी युवालाई नेतृत्वको लागि अवसर दिएकोले जिताउने काम हाम्रो भएको धरान–१५ महादेव चोककी विमला राईले बताउनु भयो । उहाँ कुनै पार्टीसँग आवद्ध हुनुहुन्न तर मेयर मञ्जु भण्डारी र उपमेयर पदम लिम्बुको लागि मंगलबार उहाँहरुसँगै भोट माग्नु भएको थियो ।
नेपाली कांग्रेस, माओवादी केन्द्रले गठबन्धनका नाममा महिला अधिकार कुन्ठित गरेको भन्दैं उहाँले आक्रोस पनि पोख्नु भयो । वडाका अधिकांश महिलाहरु भोटमाग्दैं हिड्नु भएको थियो । युवा र महिला उम्मेद्वारबाट मात्र धरानको विकास सम्भव भएको स्थानीय युवा तेजकुमार लिम्बुले बताउनु भयो । शुरुमा नेकपा एमालेका करिव एक सय कार्यकर्ताहरु मात्र मैदानमा देखिएका थिए । तर टोल घुम्दैं गर्दा एमालेको उम्मेद्वारलाई भोट माग्न करिव ५ सयको जमात बनेको थियो । घर घरमा उम्मेद्वारलाई स्वागत गदैं आर्शिवाद दिएका थिए । उहाँहरुले धरानको जल्दाबल्दा समास्याहरु खानेपानी, शिक्षा स्वास्थ्य समस्याहरु टार्न जिते पछि ध्यान पु¥याउन सुझाव पनि दिनु भएको थियो ।
घरदैलो पछि महादेव चोकमा भएको कोणसभालाई सम्बोधन गदैं मेयरकी उम्मेद्वार महिला नेतृ मञ्जु भण्डारीले धरान उपमहानगरवासीको अपेक्षा, आशा र भरोशालाई डगमगाउन नदिने बताउनु भएको छ । धराने जनताको हक अधिकार र विकासका खातिर आफु राजनीतिक लडाइमा होमिएको बताउदैं नगरवासीको हितका लागि कहि कतै सम्झौता नगर्ने बताउनु भयो । यहाँका समस्या, अप्ठ्याराहरु हाम्रो नेतृत्वको नगर सरकारले उच्च प्राथमिकतामा राखेर हल गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले एमालेको नेतृत्वको सरकार भएका बेला राष्ट्रिय गौरवका योजनाहरु धरानमा ल्याएको पनि स्मरण गराउनु भयो । सेउती करिडोर, फोहोर प्रशोधन केन्द्र, वस पार्क निर्माण, पानवारीमा औधोगिक ग्राम, स्थानीय तहमा स्वास्थ्य केन्दहरु जस्ता योजनाहरु नेकपा एमाले नेतृत्वको सरकारले धरानमा दिएको तर केही योजनाहरुको बजेट हालको सरकारले रोकेको समेत बताउनु भयो । गठबन्धनको सरकार धरानको विकास विरोधी भएको उहाँले आरोपसमेत लगाउनु भयो ।   १५ वडामा यहाँका जनताले गरेको स्वागत र सत्भावको पनि प्रसंशा गर्नु भयो । उहाँले अव धरान महिलाको नेतृत्वमा पुग्ने र धरान महिला मैत्री शहर बनाउने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो । धरानमा पानी वितरण व्यवस्थित नगर्दा समस्या भएको बताउदैं बोर्ड अध्यक्ष मेयर तिलक राईले समाधान गर्न पहल नगर्दा अप्ठ्यारो परेको उहाँले प्रष्ट पार्नु भयो ।
कोणसभालाई सम्बोधन गदैं उपमेयरका उम्मेद्वार पदम लिम्बुले समृद्धीको योजना ल्याउने, जेष्ठ नागरिकलाई भत्ताको योजना ल्याउने, सडक, स्वास्थ्य शिक्षामा महत्वकाक्षा योजनाहरु ल्याउने नेकपा एमालेलाई निसंकोच मतदान गरेर विकासको काममा सबै एक जुट हुन आग्रह गर्नु भयो । नेपाली कांग्रेसको नेतृत्मा धरान विकास नहुने बताउदैं कांग्रेसबाट  विजयी मेयर कोभिडको समयमा जनताकोे सेवा गर्न छाडेर रुख काट्न विष्णुपादुकाको जंगल पुगेको कुरासमेत सम्झाउनु भयो । वडाध्यक्षका उम्मेद्वार नरेश इवारामले पाँच बर्ष जनताको काम गरेकाले फेरी पनि नेतृत्वमा जान आग्रह गरे पछि पुन जनताबाट अनुमोदन हुन तपाईहरु सामु आएको बताउनु भयो ।
 
१५ नं। वडामा धेरे विकास निर्माणका काम भएको भौतिक संरचना बनेको बताउदैं केही बाँकी रहेका योजनाहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । संघ र प्रदेशसँगको सहकार्यमा १५ नं। वडालाई नमुना बनाउने उहाँको भनाई थियो ।
१५ नं वडामा एमालेले अध्यक्षमा इवाराम, सदस्यहरुमा सृर्जना नेपाल, बादल भट्टराई, रंगलाल गिरी,  रचना नेपालीलाई उम्मेद्वार बनाएको छ ।
गठबन्धनबाट माओवादी केन्द्रका सुवास खवासलाई अध्यक्षमा र सदस्यहरुमा कांग्रेसबाट विष्णुमाया गुरुङ, कैलास राई, टिकामाया विश्वकर्मा र हरिबहादुर श्रेष्ठलाई उम्मेद्वार बनाएको छ ।
करिव ३५ हजार जनसंख्या भएको धरान १५ सबै भन्दा ठूलो वडा हो । यो जनसंख्या एउटा नगरपालिका सरहको हो ।  करिव ६ हजार घरधुरी बसोवास गर्ने धरान १५ मा १३ हजार ९६३ जना मतदाताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved