इटहरी । स्थानीय तहको निर्वाचन मिति आउन १० दिन मात्र बाँकी रहेको समयमा निर्वाचन आयोगले समेत खासै चासो नदिरहेको समयमा नेपाली काँग्रेसले इटहरीमा चुनाव प्रचारप्रसारकै क्रममा मतदाता शिक्षामा समेत जोड दिएको छ ।
मतदानका क्रममा मतदाताहरु नझुकियोन तथा बदर मत नहोस भनेर नेपाली काँग्रेसले आफना उमेदवारहरुको पक्षमा प्रचारप्रसार गर्ने कार्यसंगै मतदाता शिक्षालाई समेत प्राथमिकतामा राखेको जनाएको छ । पाँच वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा विगत भन्दामा २६हजार ९सय ४९ जना नयाँ मतदाता थपिएका छन । नयाँ मतदाताका साथै पुराना मतदाताहरुले पाँच वर्ष पछि मात्र मतदान गर्ने भएकाले पनि मतदाताहरुलाई मतदाता शिक्षाको आवश्यकता रहेको छ ।
मतदाता शिक्षासंगै चुनाव प्रचारप्रसारमा सक्रिय नेपाली काँग्रेस नेतृत्वको गठवन्धनका उमेदवारहरु मत माग्न मतदाताहरुको घरदैलो पुगिरहेका छन । यसै क्रममा घरदैलो अभियानमा इटहरी उपमहानगरपालिका वडा नम्बर १०का डुमरटोका र आमझोखीमा साइकल सवारी गर्दै गठवन्धनका नगरप्रमुखमा नेपाली काँग्रेस तर्फका उमेदवार हेमकर्ण पौडेलले मतदाताहरुको घरदैलो गरे । उनले इटहरी उपमहानगरपालिकामा गाउँ देखि सहर सम्म रहेकाले गाउँको विकासमा जोड दिनु पर्ने वताए । ग्रामिण भेगको प्रमुख एक सवारी साधन साइकल रहेको र सबै इटहरीवासीसंग मोटरसाईकल र मोटर चढ्ने हैसियत छैन । मैले पनि सजिलो सवारी साधन साइकल प्रयोग गरेर मत माग्ने काम गरिरहेको छु भन्दै समृद्धि र विकासमा जोड दिदै गाउँलाई सहरसंग प्रतिस्पर्धी बनाउने योजना सहित चुनावी अभियान रहेको पौडेलले जानकारी दिए । गाँउको भावना सहरसंग जोड्न सकिएन भने विकास र समृद्धि सम्भव नभएको समेत वताए । तत्कालिन एकम्बा ,पकली , हाँसपोसा र खनार गाउँ विकास समिति समावेश गरेर इटहरी उपमहानगरपालिका वनाइएको हो । २० वटा वडा रहेको इटहरी उपमहानगरपालिका एक लाख ४हजार ६सय २६ मतदाता रहेका छन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved