धरानको नेतृत्व मात्र नभई जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने नेता धरानलाई चाहिएको छ ।

  • प्रकाशित मितिः बैशाख २१, २०७९
  • 412 पटक पढिएको
  • समय अनलाइन

इटहरी । विगतमा निर्वाचनमा होमिएका दलहरुले जनताका सामू धेरै वाचा गरेपनि जितेर गएपछि सबै वाचा विर्सिने गरेको वृतान्त सुनाउदै लोकतान्त्रिक गठबन्धनले उपमहानगरपालिकाको नेतृत्व सम्हालेमा यस्ता कुराहरुको सुधार गर्न गठबन्धनका उमेद्वारहरुहरुलाई सर्वसाधारणले आग्रह गरेका छन् । दहरुले निर्वाचनताका यो गर्छु, त्यो् गर्छु भनेर धरानबासीलाई आश्वासन दिने तर आफ्नो कार्यकाल पूरा हुन्जेलसम्म त्यस्ता प्रतिवद्धतालाई चटक्कै विर्सेर विवादित काममा लाग्ने गरेको उनीहरुको भनाई छ । उनीहरुले धरानको खानेपानी समस्याको विषयलाई कोट्याउदै यो एजेन्डा सधै सबै दलको एजेन्डामा रहे पनि अहिलेसम्म समाधान गर्न नसकेको सर्वसाधारणको भनाई थियो । धरान १६मा घरदैलोमा पुगेका लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरु समक्ष सर्वसाधारणले थोरै प्रतिवद्धता धेरै काम गर्न सुझाव दिएका थिए । खानेपानीको समस्यामा गठबन्धनले नगरपालिकाको बजेट कटाएर भएपनि समाधान गर्छौ भन्ने कुरा प्रतिबद्धता गरेको् प्रति सर्वसाधारणले आफूहरु आशावादी बनेको बताएका थिए । उनीहरुले बर्षौदेखिको समस्या अब भने समाधान हुने आशा पलाएको बताएका थिए । धरानको नेतृत्व मात्र नभई जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने नेता धरानलाई चाहिएको उनीहरुले बतारहदा लोकतान्त्रिक वाम गठन्बन्धका मेयरका उमेद्वार किशोर राईले लोकतान्त्रिक वाम गठबन्धनले प्रतिबद्धता गरेका कुरालाई प्राथमिकतामा राखेर समाधान गर्दै जाने बताए । उनले भने–‘हामीले धरानको सबैभन्दा ठूलो समस्या भनेको खानेपानी समस्या हो, यसलाई प्राथिमकतामा राखेर समाधानतर्फ लाग्छौं, त्यसपछि प्राथमिकताका आधारमा सडक, बिपी प्रतिष्ठानमा भएको भ्रष्टाचारलगायतका धेरै समस्यामा हामी केन्द्रित रहन्छौं । लोकतान्त्रिक वाम गठबन्धनका उपमेयरका उम्मेदवार आइन्द्र विक्रम वेघाले प्रतिद्धतामा उल्लेख गरेका कुरालाई कार्यान्वयन गर्दै धरानका जनतालाई न्याय दिने प्रतिबद्धता व्यक्त गरे । उनले भने –‘ जति पनि जनप्रतिनिधि आए धरानेहरुले परिवर्तनको आभाष भएको पाएनन्, अब यो आभाष लोकतान्त्रिक वाम गठबन्धनले गरेको कामबाट सर्वसाधारणले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved