एमालेले अघिसारेकाे समृद्ध बिराटनगर सुखि नगरबासीकाे अबधारणा साकार पार्ने ।

  • प्रकाशित मितिः बैशाख २२, २०७९
  • 404 पटक पढिएको
  • समय अनलाइन


बिराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचार अभियानका क्रममा एमालेको तर्फबाट विराटनगरका मेयरका उमेदवार सागर थापा र उपमेयरकी उमेदवार शिल्पा कार्की भोट माग्न वडा-वडामा पुग्नुभएको छ ।
पत्रकार इन्दिरा भट्टराईका अनुसार मेयर र उपमेयरका उमेदवारहरुले वुधवार वडा नं. ९ को घरदैलो कार्यक्रममा सहभागी भएर जनअपेक्षा बुझ्दै चुनावपछि उचित सम्वोधन गर्ने प्रतिवद्धता जाहेर गरे ।
मुख्य बजार खण्ड बुधहाट चोकको कोणसभालाई सम्वोधन गर्दै मेयरका उमेदवार थापाले बजार क्षेत्र विशेषका समस्याहरुलाई उचित ढङ्गले व्यवस्थित गर्ने बताए । उनले आफूले चुनाव जितेर महानगरको नेतृत्व लिएपछि नेकपा एमालेले अघि सारहेको ‘समृद्ध विराटनगर, सुखी नगरवासी’ को अवधारणालाई साकार पार्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले आफू नेतृत्वमा पुगेपछि विराटनगरमा प्रदेश एकको राजधानीको व्यवस्थित संरचना निर्माणका लागि आवश्यक जग्गा उपलव्ध गराएर व्यवस्थित गर्ने पनि बताए ।
उपमेयरकी उमेदवार शिल्पा कार्कीले आफ्नो टिमले जिम्मेवारी पाएपछि अव्यवस्थित विराटनगरलाई व्यवस्थित, समुन्नत र सुन्दर शहरको रुपमा विकास गर्ने अवधारणा व्यक्त गरिन् ।
नगरक्षेत्रभित्र रहेको बजार तथा सडक र ट्राफिक व्यवस्थापनमा ध्यान दिएर व्यवस्थित बजार निर्माण गर्ने आफ्नो योजना रहेको पनि कार्कीले बताइन् । त्यसैगरी बजारको फोहोर व्यवस्थापनको उचित प्रवन्धका लागि पनि एमालेले आफ्ना प्रतिवद्धतामा उल्लेख गरे अनुसारका कार्यक्रम सञ्चालन गर्ने उनको तर्क थियो ।
वडा नं.१२ का अध्यक्ष उमेदवार श्रीप्रकाश टोटलाले पनि कोणसभालाई सम्वोधन गर्दै आफ्ना प्रतिवद्धताहरु जनसमक्ष प्रस्तुत गरे । घरदैलो लगायत चुनावी प्रचार अभियान कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, मोरङ जिल्ला उपाध्यक्ष बाबुराम कार्की सचिव रुपेश खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved