गैरदलित युवा र दलित समुदायकी युवतीको परिवारकै सहमतीमा धार्मिक रिती अनुसार विवाह भएको छ ।

  • प्रकाशित मितिः बैशाख २३, २०७९
  • 1315 पटक पढिएको
  • समय अनलाइन

माेरङ। संबिधान र कानुनले दण्डनिय बनाएपनि अन्तरसमुदाय र दलित र गैरदलित विचको विवाहलाई समाजले अझै पूणर् रुपमा पचाउन सकेको छैन । अझैपनि अन्तरसमुदाय र अन्तरजातिय विवाह गर्ने जोडीहरुलाई घर परिवार र समाजबाट बहिष्कार गर्नेदेखी विभिन्न बहानामा छुटयाउने गरिएको छ । तर मोरङका मधेशी समुदायको गैरदलित युवा र पहाडी दलित समुदायकी युवतीको परिवारकै सहमतीमा झयाँई झयाँई बाजा बजाएर धार्मिक रिती अनुसार भव्य रुपमा मागी विवाह भएको छ ।
मोरङको सुनवर्षी नगरपालिका २ सुगा बजारका राजेन्द्रप्रसाद र प्रमिलादेवी साहका जेठा छोरा २७ बर्षिय बिरेन्द्र साह र सोही नगरपालिका ३ नम्बर वडाका रत्न दर्नाल र कल्पनादेवी दर्नाल (परियार) की जेठी छोरी २५ बर्षिय सम्झना दर्नालको बुधबार झयाँई झयाँई बाजा बनाएर धार्मिक रिती अनुसार भव्य रुपमा मागी विवाह सम्पन्न भएको हो ।
बेहुला र बेहुली दुवै परिवारको सहमतीमा पंडितले जुराएको साईत अनुसार बुधबार बैसाख २१ गते बिरेन्द्र र सम्झनाको विवाह लगन तय भएको थियो । यसैले बुधबार बेहुला विरेन्द्रसँगै उनका बुबा राजेन्द्र र परिवारका सदस्य अनि गाउँले र अतिथिहरु ठाँटिएर सम्झनालाई लिन जन्ती बनेर रमाउदै पुगेका थिए । आधुनिक डिजे बाजागाजा सहित नाच्दै गाउँदै आएका जन्तीलाई सम्झनाका बाबाुआमा आफन्त र गाउँलेहरुले पनि हर्षोल्लास सहित रितपुर्वक भव्य स्वागत गरेका थिए ।
दुबैको हिन्दु बैबाहिक बिधि अनुसार जग्गेमा पंडितले बिबाह सम्पन्न गराएका थिए । त्यसपछि बेहुला बिरेन्द्र र उनका आफन्तहरुले हर्षोल्लास सहित सिँगारपटारले चिटिक्क सजिएकी बेहुली सम्झनालाई ल्याएर हर्षोल्लास सहित रितपुर्वक घर भित्रयाएका थिए । बेहुली घर भित्रयाएका विरेन्द्रले आज बिहिवार दिउँसो आफना साथीभाई र आफन्त र शुभच्छुकहरुलाई प्रितिभोज पनि आयोजना गरेका छन ।
र्
हामीले समाजमा परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भनेर परिवारलाई सहमती गराएर केही बर्षदेखीको प्रेमलाई मागी विवाहमा परिणत गराएका हौ’ , बेहुला बिरेन्द्र र बेहुली सम्झनाले भने । बेहुलाका बुबा राजेन्द्रप्रसादले समाजमा अझै दलित र गैरदलित भनेर जातभातको कुरा गर्नु लाजमर्दो कुरा हो भन्दै आफुहरुले जेठा छोरोको समाजिक अन्र्तघुलनका लागि अन्तरसमुदायमा मागी अन्तरजातिय बिवाह धुमधामले गराएको बताए । सम्झनाका बाबु रत्न र आमा कल्पनाले पनि अन्तरसमुदाय र अन्तरजातिय भएपनि धुमधामले विवाह गरेर छोरीलाई बिदा गर्न पाउँदा आफुहरु हर्षित भएको बताए ।
बेहुला विरेन्द्र पत्रकारिता र कलाकारितासँगै समाजसेवामा पनि सक्रृय छन । बेहुली सम्झनाचाँही स्नातकतह अन्तिमबर्षमा अध्यनरत छिन । सम्झनाका बाबुआमा कृषक हुन । बिरेन्द्रका बाबु स्थानिय व्यपारी हुन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved