काठमाडौं नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका उमेदवार टुङ्गो लगाएको छ ।मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ’बादल’ले राष्ट्रियसभा सदस्यको लागि उमेदवार टुङ्गो लगाएका हुन् ।
सोमबार पार्टी कार्यलय पेरिस डाँडामा बसेको शीर्ष नेता र प्रदेश संयोजकहरुको बैठकले प्रमुख तीन नेतालाई उमेदवार टुङ्गो लगाउन जिम्मा दिएको थियो । राष्ट्रियसभा सदस्यको लागि गत माघ ३ गते संयुक्त कार्यदलले एमालेलाई २९ र माओवादी केन्द्रलाई भागमा १४ सिट भागभण्डा गरेको थियो ।
माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभाका उमेदवार
प्रदेश १ तर्फ
बीना पोखरेल (महिला)
प्रदेश २ तर्फ
शशिकला दाहाल (महिला)
एकजना टुंगो लगाउन बाँकी
प्रदेश ३ तर्फ
रामबहादुर थापा बादल (खुला)
गंगा पराजुली (महिला)
प्रदेश ४ तर्फ
दीनानाथ शर्मा (खुल्ला)
खीमकुमार बिक (दलित)
प्रदेश ५ तर्फ
राजकुमार कुँवर (अल्पसंख्यक अपांग)
चन्द्र बहादुर खड्का (खुला)
प्रदेश ६ तर्फ
जीवन बुढा (अपाङ्ग अल्पसंख्यक)
युटुल लामा (महिला)
कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश ७ तर्फ
लालिराम लोहार (दलित)
हरिराम चौधरी (खुला)
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved