धरान-२० को विष्णुपादुकालाई कृषि पकेट क्षेत्र बनाउने गठबन्धनका उम्मेदवारको प्रतिबद्धता 

  • प्रकाशित मितिः बैशाख २४, २०७९
  • 474 पटक पढिएको
  • समय अनलाइन

 

 
धरान । धरान उपमहानगरपालिका वडा नंं. २० कृषि पकेट क्षेत्रको राम्रो सम्भावना बोकेको स्थान भएकोले यस क्षेत्रलाई कृषि पकेट क्षेत्रको रूपमा विकास गर्ने लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता जनाएका छन् । 
धरान-२० मा प्रचारात्मक अभियानमा पुगेका गठबन्धनका उम्मेदवारहरूले त्यहाँका सर्वसाधारणसमक्ष विष्णुपादुकालाई कृषि जोन बनाउने प्रतिबद्धता जनाएका हुन्। लोकतान्त्रिक वाम गठबन्धनका मेयरका उम्मेदवार किशोर राईले धरान २० विष्णुपादुका उपमहानगरपालिकाले बेसारको जोनको रूपमा विकास गर्ने योजना बनाए अनुरूप काम हुन नसकेको बताउँदै अब यसलाई पूरा गर्ने बताए ।
उनले भने-‘विष्णु पादुका पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएको ऐतिहासिक क्षेत्र हो, यस क्षेत्रका अधिकांश सर्वसाधारण कृषिमा आश्रित छन्, उनीहरूले उत्पादन गरेको कृषि सामाग्रीको बजारीकरणसँगै कृषिमा आधुनिकीकरण गर्न गठबन्धन नेतृत्वतर्फबाट पहल कदमी हुन्छ ।’ उनले यस क्षेत्रबाट उत्पादन भएका बेसार र अदुवा प्रचुरमात्रा नेपाल लगायत भारतका विभिन्न स्थानसम्म पुग्ने भए पनि कृषिकहरुले उचित भाउ गुनासो आउने गरेको सुनाउँदै यसलाई कृषि जोन बनाएर धरानको एउटा गहना बनाउने योजना गठबन्धन नेतृत्वको भएको बताए । 
यस्तै लोकतान्त्रिक वाम गठबन्धनका उपमेयरका उम्मेदवार आइन्द्र विक्रम बेघाले धरान २० विष्णुपादुका कृषि पकेट क्षेत्र नभई धार्मिक आस्थाको केन्द्र, पर्यटकीय गन्तव्यको राम्रो स्थलको रूपमा परिचय बनाउन सकिने बताए । यहाँको पौराणिक महत्त्वको महिमा सुनेर नेपालबाट मात्र हैन भारतबाट समेत पितृको सम्झनामा पितृको सम्झनमा श्राद्ध गर्ने भीड लाग्ने गरेको बताए । उनले ब्रिटिस लाहुरेहरूले आफ्नो पहिचान र इतिहासलाई जीवन्तता राख्न माछामारामा पूर्व ब्रिटिस सैनिकहरूले गोरखा स्मृति पार्कको निर्माण गरेको बताउँदै यसले समेत विष्णुपादुको विकासमा ठोस सहयोग पुग्ने बताए । 
उनले भने-‘विष्णुपादुका कृषि जोन, धार्मिक स्थल र पर्यटकीय स्थलको प्रचुर सम्भावना बोकेको स्थल हो, यस क्षेत्रको विकासमा विगतमा नगरपालिकाको आँखा पुगेको थिएन, तर अब यहाँको सडक, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता राख्दै कृषि जोन बनाउने योजनालाई हामी प्राथमिकतामा राखेर काम गर्छौ ।'

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved