सबै हेर्नुहाेस् अब इटहरीमा पत्रकार लोपारिने छैनहेमकर्ण पौडेल

  • प्रकाशित मितिः बैशाख २६, २०७९
  • 690 पटक पढिएको
  • समय अनलाइन

अब इटहरीमा कोही पत्रकार लोपारिने छैनन्, कसैको नाकको मूल्य तोकिने छैन, सेवाग्राही कार्यकक्षमा थुनिने छैनन् ।’इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आफ्नो कार्यकालमा गल्ती औँल्याउने वा प्रश्न सोध्ने पत्रकार र विरोध–पत्र बुझाउन जाने सेवाग्राहीप्रति गरेको दुर्व्यवहारको फेहरिस्त चर्चा गर्दै नगरप्रमुखका प्रत्यासी हेमकर्ण पौडेलले उल्लिखित कुरा बताएका हुन्
चुनावी गठबन्धनद्वारा आज इटहरीमा आयोजित बृहत् चुनावी आमसभामा बोल्दै पौडेलले भने– ‘लगातार चुनाव जितेर एमालेजनमा हुर्किएको दम्भ र पदको आडमा गरिने दुरूपयोग रोक्नु आम इटहरीवासीको दायित्व हो । मतपत्रमार्फत यही अभिमत व्यक्त गर्न बहुमत इटहरीवासी वैशाख ३० गते पर्खिरहेका छन् ।’

नेपाली काङ्ग्रेस इटहरीका कार्यवाहक सभापति कोविदजङ्ग कार्कीको अध्यक्षतामा भएको सो चुनावी सभामा पूर्व–प्रधानमन्त्री झलनाथ खनाल, नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, माओवादी नेताहरू रामनारायण बिडारी, शिवकुमार डाँगी, उपप्रमुखका उम्मेदवार केशव विष्ट, काङ्ग्रेस नेताहरू राजीव ढुङ्गाना, विकास केसी, कल्पना चौधरी, कलाकार जोगिन्दर पानवालालगायतले बोलेका थिए ।

वक्ताहरूले तीन कार्यकालपछि यसपटक इटहरीको राजनीतिक कोर्स परिवर्तन हुने निश्चित भएको देखेर आफूहरू उत्साहित भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved