खानेपानीका बारेमा बुँदागत भनाई
१, मंसिरमा पदास्थापन, पुसमा आयोजनाको समय सकिएको (नेपाल सरकार र दाताको सम्झौता अनुसार)
२, नगर प्रमुखको हैसियतले विज्ञ समूह गठन गरी विज्ञको रिपोर्ट अनुसार खानेपानी संस्थान र आयोजना जिम्मा लिने/हस्तान्रतण हुने धारणा
३, कार्यपालिका र नगरसभामा प्रतिपक्ष दलको निरन्तरको दबाबका कारण ठेकेदारलाई आयोजना कार्यान्वयनका लागि परिक्षण र आयोजना कार्यान्वयनका लागि संस्थानको कार्य क्षेत्र हस्तान्तरण गरिएको
४, आयोजनाको समय सकिएसँगै कन्सल्ट्यान्ट विडिए नेपालले पनि जिम्मेवारी छाडेको । ठेक्का सम्झौता मै कन्सल्ट्यान्टको रकम र समय उल्लेख भएको । थप कामको लागि मासिक २० औं लाख नगरपालिकाले बेहोर्नु पर्ने अवस्थाका कारण कन्सल्ट्यान्टलाई उद्योग वाणिज्य संघमा पत्रकार समेतको आम भेलामा आयोजनाको बारेमा जानकारी गराउन लगाएको
५, आयोजना कार्यान्वयनका बेला नगरबासीमा आवश्यकता भन्दा बढी महत्वकांक्षा जगाईदिदाँ अविश्वास देखिएको, १८ घण्टा पानी आउने, ७ मिटको पे्रसरमा तिन तल्ला माथि सजिलै पुग्ने ग्यारेन्टी गरिदाँ हालमा समस्या देखिएको
६, आयोजना कार्यान्वयनका बेला खानेपानी संस्थानसँगको समन्वयको अभाव र तिक्ततापूणर् व्यवहारका कारण मूख्य शहरको भूभागमा मूख्य काम अपुरो रहेको
७, संस्थानको पुरानो पाईपको सञ्जालको बारेमा कुनै जानकारी नापनक्शा नहुँदा नयाँ पाईप लाईन विस्तार र ईन्टरकनेक्सनमा समस्या देखिएको, पुरानो पाईप लाईनको पुनः निर्माण नभएको
८, योजनाको डिपिआर कार्यतालिका अनुसार आयोजना सकिन एक वर्ष अगाडी खानेपानी संस्थानको सम्पूणर् क्षेत्र र स्वामित्व आयोजनालाई हस्तान्तरण गर्नुपर्नेमा आयोजनाको समय सकिएको दुई वर्षपछि हस्तान्तरण हुँदा आयोजना भित्रैबाट पुनः निर्माण गर्न नसकिएको
९, खानेपानी संस्थानको पुरानो जिणर् संरचना ईलोक्ट्रो मेकानिकल क्षेत्रको कुनै काम गर्न नसकिएको, पम्पहरु हप्ता हप्तामा बिग्रिएर पानी उत्पादन र वितरणमा समस्या देखिएको
१०, आयोजनाको छलफलको समयदेखि नै संस्थानसमेत बोर्डमा हस्तान्तरण हुने चर्चाका कारण खानेपानी संस्थानले त्यति लामो समयदेखि मर्मत सम्भार, पुनः निर्माण र रेखदेखमा नजर अन्दाज गरिदिदा संस्थानको त्यति पुरानो संरचना झनै जिणर् अवस्थामा पुगेको
११, संस्थानका पुराना कर्मचारी जो प्राविधिक फिल्डमा खट्ने, वितरण र उत्पादनसँग सम्बन्धित सबै बोर्डमा हस्तान्तरण नहुँदाका कारण पनि खानेपानी वितरण र उत्पादनमा सकस्या देखिएको
१२, योजना कार्यान्वयनको चरणमा आयोजनाको पक्षबाट मिहिनढंगबाट अनुगमन निरिक्षण नहुँदा सामान्य समस्याहरुका कारण वितरणमा समस्या देखिएको छ । पाईपहरु ब्लक हुने, पानीको प्रेसरमा समस्या, आवश्यक मात्रामा भल्वहरुको सहि व्यवस्थापनमा समस्या देखिएको छ ।
१३, त्यति ठूलो आयोजना कार्यान्वयनका लागि बलियो सरकार/सर्वपक्षिय सहमति पहिलो आवश्यकताको रुपमा हुनुपथ्र्यो, जुन सुरुदेखि नै अनुकुल हुन सकेन ।
१४,कर्मचारी कार्यकारी प्रमुख भएको बेला योजना कार्यान्वयन हुनु र सर्वपक्षिय संयन्त्रको अभावका कारण योजना कार्यान्वयनमा सहजिकरण हुन नसक्दा समस्या थपिदै गएको देखिन्छ ।
१५, नेपाल सरकार र दातृ निकायबिच सम्झौता भईसकेको अवस्थामा नगरपलिकाको समेत सहभागि भईसकेपछि संस्थानसँग समन्वय सरकारकोतर्फबाट नहुनु वा संस्थानले स्वीकार नगर्नु विडम्बनाको रुपमा रह्यो
१६, आयोजना निर्माणको कार्यालय खानेपानी संस्थानमै रहेको भए वा संस्थान र आयोजनाको संयूक्त निर्माण संयन्त्र भएको भए थुप्रै समस्या सहजिकरण हुँदै जाने अवस्था रहन्थ्यो
१७, आयोजना कार्यान्वयनको जिम्मेवारी नेपाल सरकार सहरी विकास मन्त्रालय मातहत खानेपानी विभाग मार्फत नभई सहरी विकास विभागबाट हुँदा खानेपानी उत्पादन र वितरणमा मात्र नभई अन्य सिभिल काममा धेरै बजेट खर्च हुँदा बजेटको आकार धेरै देखिएको यस्तो अवस्थामा विभागिय रुपमा जवाफदेहि कार्यालय अग्रसर नहुँदा मूख्य काम र मूख्य क्षेत्रमा योजना केन्द्रित नहुँदा समस्या देखिएको
१८, फरक कार्यालय विभागबाट योजना अगाडी बढाउँदा स्वामित्व ग्रहण अवश्यकताको केन्द्रिकरण र सञ्चालनमा प्रभाव देखिएमा योजनाको नामाकरणमा समेत प्रभावदेखिएको (एकिकृत सहरी विकास तथा खानेपानी आयोजना) सहरी विकासको योजना भएको कारणबाट सहरी विकासलाई प्राथमिकतामा राखिएको, खानेपानी विभागबाट गरिएको भए खानेपानी नै मूख्य योजना हुनुपर्थ्यो,
१९, आयोजना कार्यान्वयनको समयमा आवश्यक विशेषज्ञता कन्सल्ट्यान्टको तर्फबाट पूणर् रुपमा निगरानी अनुगमन र सुझावको पाटोमा आवश्यक तदारुकतामा कमि महशुस भएको र त्यसलाई नियन्त्रण गर्ने आयोजना प्रमुख वा कार्यालयको तर्फबाट क्षमता राख्न नसकिएको देखिन्छ ।
२०, दाता र सरकारको तर्फबाट समेत यति ठूलो योजनामा निगरानी सुझावको पाटोमा कमि महशुस भएको आयोजना समयमा सकिएपनि आयोजनाले लक्ष्य गरेको योजना र काम पुरा भएको छैन । यस्तो संवेदनशिल योजना नेपाल सरकारको तर्फबाट पुनः जिम्मेवारी लिई योजनालाई पुणर्ता दिन जरुरी छ । यसको लागि नगरपालिकाको तर्फबाट पटक पटक सरकारलाई जानकारी गराई सहरी विकास मन्त्री ज्यूसँगको त्रिपक्षीय छलफल, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र धरान उपमहानगरपालिका (खानेपानी बोर्ड) समेतको मिति २०७८।१२।२२ गतेको बैठकको निणर्य अनुसार अध्ययन टोली गठन भई अध्ययन टोलीले प्रतिवेदन समेत बुझाएको अवस्था छ ।
२१, प्राविधिक रुपमा अत्यन्तै जटिल योजना र कामको प्रकृतिका कारण पनि खानेपानी समस्या समस्याकै रुपमा रह्यो । साविकको मुहान समस्या आउँदै जानुका साथै मुहानको स्रोत प्रत्येक वर्ष सुक्दै गईरहेको अवस्था छ भने बिग्रेका पम्पहरु तुरुन्तै बनाउने ईलोक्ट्रो मेकानिकल वर्कशपहरु नहुँदा पानी उत्पादनमा समस्या भईरहेको छ ।
२२, डिपिआर र कन्सल्ट्यान्ट एउटै कम्पनी हुँदा समेत योजना कार्यान्वयनमा प्रगति देखिएन ।
२३, सात वटा वेल मध्ये ४ वटा वेल तिनकुने सेउती क्षेत्रमा रहेको र उक्त वेलहरुले उत्पादन गर्ने पानी पिण्डेश्वर सिस्टम र सुम्निमा सिस्टममा प्रतिशतको आधारमा पानी झार्नु पर्नेमा सुम्निमा सिस्टममा प्रतिशतको आधारमा शुन्य रहेको
२४, डिपिआर अनुसार सेन्ट्रल बुस्टरमा निर्माण गरिएको ५ वटा बुस्टर मध्ये ४ वटा बुस्टरले ४ वटा पम्पले उत्पादन गरेको पानी वितरणको लागि पिण्डेश्वर सिस्टम र सुम्निमा सिस्टममा पठाउनुपर्नेमा ४ वटा बुस्टरले खपत गर्ने (पठाउनुपर्ने) पानी उत्पादन नहुँदा लामो समयसम्म ४ वटा बुस्टर सञ्चालन गर्न नसकिएको
२५, विज्ञको रिपोर्ट, प्राविधिकको सुझाव अनुसार पछि थपिएका आयोजना बाहिरका दुई वटा वेल पुनः परिक्षण गरी सञ्चालन गरिएको, उक्त वेल सञ्चालन गरिए पछि मात्रै ४ वटा बुस्टरले क्षमता अनुसार पिण्डेश्वर सिस्टम र सुम्निमा सिस्टममा प्रतिशतको आधारमा पानी पठाउन सकिएको
२६, यो अवस्थामा पानीको उत्पादनमा समस्या र वितरणमा पनि समस्या देखिएकोले योजना पूणर् रुपमा सम्पन्न नभएको अवस्था
२७ लिकेज ४० प्रतिशत रहेको
२८, स्थानीयस्तरमा सञ्चालित सानो खानेपानी आयोजनालाई एकिकृत गर्नुपर्ने
२९, सभागृहमा टंकी थप, पिण्डेश्वर थप ट्यांकी निर्माण गर्नुपर्ने
अब गर्नुपर्ने कामहरु ः
१, विज्ञ र कार्यदलले दिएको सुझाव अनुसार नेपाल सरकारले आयोजना पूणर् गर्नेगरी बजेट व्यवस्था गरी बाँकी काम सम्पन्न गर्नुपर्ने
२, जनसंख्यासँगै पानीको खपत निरन्तर बढिरहेको हुँदा समयसमयमा मुहानको संरक्षण र थप नयाँ आयोजना निर्माण गरी पानी आपूर्तिको सुनिश्चितता गर्नुपर्ने
३, त्यसका लागि थप वेलहरु थप्नुपर्ने साथै अध्ययन अनुसार सप्तकोशीबाट केही वर्षमा नै योजना कार्यान्वयनमा ल्याउनुपर्ने साथै ठूला योजनाको रुपमा धरान लेउती सुरुङमार्गसँगै खानेपानी आपूर्तीको अध्ययन गर्नुपर्ने
४, सरकारसँगको निरन्तरको छलफल र सम्पर्क र पत्राचारको आाधारमा एकिकृत खानेपानी आयोजना साविक पञ्चकन्या गाविस हालको वडाहरु ४,५,६ र साविक विष्णुपादुका हालको वडा नं. २० पटनाली समेतलाई आपूर्ति हुनेगरी अध्ययनको लागि केही ठूला सहरसँगै धरान उपमहानगरपालिका समेतको छनौट भएको जानकारी आएको छ ।
५, नगरबासीहरुको तर्फबाट समेत यो आयोजनामा अपनत्व हुनेगरी समानुपातिक वितरण उपभोगका लागि एकअर्कामा सहयोगको भावना जरुरी भईसकेको छ । पुरानो र नयाँ पाईप लाईन व्यवस्थापन, इन्टरकनेक्सनमा समस्या छ । कतै पानी आउने, कतै नआउने दुई घर पर आउने अर्कोकोमा नआउने परिस्थिति छ । यस्तो परिस्थितिलाई सामान्यकरण गर्न खानेपानीका कर्मचारी प्राविधिकहरुलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्छ । अनाधिकृत धारा हटाउने काममा समेत नगरबासी उपभोक्ताहरुले सहयोग र सहजिकरण गरिदिन अनिवार्य छ ।