स्थानीय तह निर्वाचन केन्द्रीत भएर सुनसरीमा मतदान कार्यका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।

  • प्रकाशित मितिः बैशाख २९, २०७९
  • 590 पटक पढिएको
  • समय अनलाइन

इटहरी  । स्थानीय तह निर्वाचन केन्द्रीत भएर सुनसरीमा मतदान कार्यका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रदेश नम्बर १मा रहेका दुईवटा उपमहानगरपालिकाहरु सहित १२वटा स्थानीय तह रहेको सुनसरीमा मतदान कार्यका लागि मतदान केन्द्रहरुमा तयारी अन्तिम चरण पुगेको हो ।

निर्वाचनका लागि खटिने कर्मचारी , सुरक्षाकर्मी निर्वाचन सामाग्रीहरु केन्द्रमा पुगी सकेका छन । सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर ६मा पनि मतदानका कार्यका लागि तयारी अन्तिम चरणमा पुगेको छ । पाँच वटा केन्द्र रहेको इटहरीको वडा नम्बर ६मा निर्वाचनलाई शान्तीपुणर् ,भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्ने विषयमा सर्वपक्षिय वैठक सम्पन्न गरिसकेको मतदान अधिकृत कुमारप्रसाद पौडेलले जानकारी दिए । उनले बुथ निर्माण कार्य भोली सम्पन्न गर्ने गरी तयारी भई रहेको समेत वताए ।

एक ४हजार ६सय २६ जना मतदाता रहेको इटहरी उमहानगरपालिकामा २० वटा वडा रहेका छन भने वडा नम्बर ६मा ४हजार ७सय ६३जना मतदाताहरु रहेका छन । नयाँ थपिएका मतदाताहरुको मतदाता परिचय पत्र वितरण कार्य भई रहेको छ । मतदाता परिचय पत्र लिन आएका स्थानीयहरु पनि निर्वाचनबाट हाम्रो भन्दा पनि राम्रो गर्ने मान्छेहरुलाई चुन्नु पर्ने वताउछन । भोजपुरबाट बसाई सराई गएर इटहरीमै वस्दै आएका केशव रिमाल मतदाताहरुलाई निर्वाचनले उत्साहित वनाएको वताउछन । उनले लामो समय पछि २०७४सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि स्थानीय तहले संघीयता अन्तर्गत केही गर्ने रहेछ भनेर मतदाताहरुमा उत्साह वढाएको तथा आफनो मत खेर नजाओस भन्ने पनि लागेको सुनाउछन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved