रुघाखोकी र ज्वरोको प्रकोप : कोरोना हुनसक्छ ?

  • प्रकाशित मितिः श्रावण ३, २०७९
  • 1130 पटक पढिएको
  • Bijaya Ojha

सबैभन्दा बढी देखिने स्वास्थ्य समस्यामा पर्छ रुघाखोकी र ज्वरो । पछिल्ला केही दिन रुघा लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने लगायतका समस्या लिएर अस्पताल पुग्नेको संख्या बढ्दो छ ।

कोरोना संक्रमण हुँदा पनि रुघाखोकी र ज्वरोको लक्षण देखिने भएकाले महामारीका बेला मानिसहरु अस्पताल पुगिहाल्थे । तर अहिले कोरोना संक्रमण घटेसँगै मानिसहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा बेवास्ता गर्न थालेका छन् । अहिले मौसमी रुघाखोकीको सिजन नभएकाले यस्तो समस्या देखा पर्नुको कारण के हो ? यो समस्याबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ ?

कोरोना हुनसक्छ ?

अहिले छिमेकी मुलुकमा कोरोना महामारी तीव्र रूपमा फैलिएको छ । नेपालमा पनि संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । र, अहिले रुघाखोकी लाग्ने सिजन पनि नभएकाले यो कोरोनाको प्रारम्भिक लक्षण हुनसक्छ । रुघाखोकी र ज्वरो कोरोनाको प्रारम्भिक लक्षणको रूपमा देखिएको पछिल्ला उदाहरण पनि छन् ।

खोप नलगाएकालाई समस्या

कोरोनाको खोप नलगाएका व्यक्ति, बालबालिका र दीर्घ रोगीहरूमा संक्रमण देखिने सम्भावना बढी हुन्छ । किनभने खोप लगाइसकेका र पहिले नै संक्रमति भएकाहरू छन् उनीहरूको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । जसले गर्दा उनीहरूलाई कोरोनाको साथै सामान्य रुघाखोकीको भाइरसले पनि सजिलै गाल्न सक्दैन ।

अहिले नेपालमा ओमिक्रोनको टप भेरियन्ट फैलिरहेको छ । पहिले देखिएको ओमिक्रोन सब भेरियन्ट भन्दा पनि यो सजिलै र चाँडो फैलिने र खोपले पनि त्यति राम्ररी काम नसक्ने हो कि भनेर विभिन्न अध्ययनले बताएको छ । तर यो भेरियन्टको विषयमा थप रिपोर्ट भने आउनै बाँकी छ ।

कति घातक ?

भाइरसहरू बेलाबेलामा परिवर्तन भइरहन्छन् । कहिलेकाहीं घातक पनि बन्न सक्छ, त्यसैले सतर्क हुन एकदमै जरुरी छ । सामान्य रुघाखोकी हो कि भनेर लापरबाही गर्न भने हुँदैन । कोरोना संक्रमणका कारण मृत्यु हुने मात्र होइन, पछि पोस्ट कोभिडको लक्षण पनि देखिने भएकाले पहिलो प्राथमिकता खोपलाई नै दिनुपर्छ ।

यसबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ ?

यो कोरोनाको प्रारम्भिक लक्षण हुन सक्ने भएकाले सबैभन्दा पहिले त परीक्षण गर्नुपर्छ । परीक्षणमा कोरोना संक्रमण देखियो भने आइसोलेसनमा बस्ने, सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, हातको सरसफाइमा ध्यान दिने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved