दाङ / बर्दियामा बुधबार राति एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बढैयाताल गाउँपालिका–५ फूलबारीमा १६ वर्षकी किशोरीमाथि बाँके र बर्दियाको सीमा मानखोला हुँदै बढैयाताल स्थित दिदीघरमा जाँदै गर्दा बाटोमा बलात्कार भएको हो।
बाँकेको बैजनाथ गाउँपालिका–८ बस्ने ३० वर्षीय राजेश मंगता र सोही ठाउँका २० वर्षीय रोहन खटिकले दिदीको घरसम्म पुर्याइदिने भन्दै पर्खिन लगाएको र रातिमा बलात्कार गरेको खुलेको भनी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी सूर्यप्रकाश सुवेदीले बताए।
बालिकाले घटनाको विषयमा बिहीबार विहान इलाका प्रहरी कार्यालय मैनापोखरमा जानकारी गराएकी थिइन्। लगत्तै प्रहरीले आरोपित दुईजना युवकलाई गुलरिया नागरपालिका–२ डल्लापुरबाट पक्राउ गरेको हो। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved