विराटनगर / विराटनगर विमानस्थलबाट सुनका गहनासहित एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनसरीस्थित इटहरीका कुलबहादुर सुनुवारलाई मंगलबार बिहान यति एयरलाइन्सबाट काठमाडौँ जाने क्रममा पक्राउ गरेको हो।
मंगलबार बिहान ९ बजे विराटनगरबाट काठमाडौँ जाँदै गर्दा विमानस्थलबाट २० तोला सुनको गहनासहित सुनुवारलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जानकारी दिएको छ। प्रहरीले संकास्पद रुपमा गहना लैजाँदै गर्दा पक्राउ गरिएको बताएको छ।
पक्राउ गरिएका सुनुवारलाई विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। पक्राउ परेका सुनुवारको साथबाट बरामद गरिएको सुन वैद्य हो वा होइन अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved