‘प्रेमगीत ३’को हिन्दी डब नेपालमा पनि लाग्ने

  • प्रकाशित मितिः भदौ 3, 2079
  • 192 पटक पढिएको
  • Bijaya Ojha

काठमाडौँ / विश्वको ठूलो फिल्म बजार मानिने भारतमा पहिलो पटक नेपाली फिल्म हिन्दीमा डब भएर प्रदर्शन हुँदैछ। यो इतिहास रच्न लागेको फिल्म हो, ‘प्रेमगीत ३’। कोरोना महामारीको समयमा निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काले महिनौं मुम्बई बसेर फिल्मको हिन्दी डब गरेका हुन्। अब यो फिल्म आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ।

शनिवार फिल्मको हिन्दी र नेपाली टिजर सार्वजनिक गरियो। नेपाली टिजर आक्रामक भ्यूजका साथ नेपालको ट्रेन्डिङ नम्बर ५ मा छ। एक मिनेट लम्बाईको एक्सन प्याक्ड टिजरलाई दर्शकबाट उम्दा प्रतिक्रिया मिलेको छ भने हिन्दी टिजरले नेपालसँगै भारतमा राम्रो चर्चा बटुलिरहेको छ। तर, नेपाली दर्शक र फिल्मकर्मीले फिल्मको टिजर नेपालीभन्दा हिन्दी भर्सनमा बढी रुचाएका छन्।

साउथका प्रायः सुपरस्टारको फिल्मको हिन्दी डबिङ गरेका कलाकारले आवाज दिएकाले पनि टिजरले दर्शकको ध्यान खिचेको हो। हिन्दी टिजरमा डबिङ आर्टिस्टको डाइलग डेलिभरी र आवाज सुनेपछि नेपाली टिजरमा नेपाली कलाकारको डाइलग डेलिभरी फिक्का लाग्छ। हिन्दी टिजर हेरेपछि नेपाली दर्शकहरुले फिल्मको नेपाली भर्सनभन्दा हिन्दी डब हेर्न बढी रुचि देखाएका छन्। भारतमा फिल्म राम्रो चल्यो भने नेपाली फिल्मका लागि ठूलो ढोका खुल्नेछ।’

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, अनुभव रेग्मी, मनिष राउत, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतको अभिनय रहेको छ। ‘प्रेमगीत ३’बाट क्रिस्टिना गुरुङले नायिकाको रुपमा डेब्यू गरेकी छन्। फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2022 - Samayaonline.com All rights reserved