ठगिबाटै आफ्नो जिबिकोपार्जन

  • प्रकाशित मितिः आश्विन १, २०७९
  • 686 पटक पढिएको
  • समय अनलाइन

तारा पोख्रेल
‌ इटहरी २ बरगाछि देखि उत्तर बसोबास गर्ने शंकर खत्री (खतिवडा) भन्ने एकजना ब्याक्ति ठगि गर्दै आफ्नो जिबिकोपार्जन गर्दै गरेको थाहा भएको छ । सोझा सिधा र कोहि अपरिचित ब्याक्तिलाइ बिभिन्न साइनो लगाएर बिभिन्न आशा देखाएर ठग्ने गरेको छ भने जानेबुझेकालाइ पनि कुनै बाहाना बनाएर ठग्ने गरेको बुझिएको छ । आफ्नै गाउँका केहि युवाहरुलाइ फसाउने गरेको त्यहिका युवाहरुले बताए । उसको नागरिकता पनि हराएर हो या कुनै गलत काम गरेर नागरिकता जफत भइ सकेपछि अर्को प्रतिलिपि निकाल्दै गर्दा अहिलेको नागरिकता चौथो प्रतिलिपिको छ । ठग्ने कुराको एउटा गतिलो प्रमाण के छ भने सुन्दर हरैचा न पामा रहेको शान्ता दाहालको १७ धुर जग्गा अहिले हडप्न जिल्ला अदालत सुनसरिमा मुदा हालेको छ । यसको घटना बिबरण अनुसार जुन १७ धुर जग्गा शान्ता दाहालले बेच्ने सोच बनाइरहेको थियो । त्यहि समयमा त्यहि ठग शंकर शान्ता दाहालको बुवासंग सामान्य चिनजान भएको नाताले मेरो छोरिको जग्गा बिक्रीमा छ कोहि किन्ने छ भने ल्याउनुहोस भनि भनेकै भरमा निज ठग शान्ता दाहालको घरमा गएर चिनजान गरेपछि म जग्गा किन्छु दाम मिलाउनुस भनेपछि ठिकै छ दाम मिल्यो भने दिउला भनियो । जग्गाको दाम र उसले दिने दाम नमिले पछि उ गयो । फेरि बारम्बार त्यो जग्गा चाहियो दिनुस भनि फोन गर्ने , घर आउने अनि बार्गेनिङ गरेर दिक्क लाउने गर्थ्यो । कहिले दामको बार्गेनिङ कहिले समयको बार्गेनिङ गरेर वाक्क लगाएपछि अब जग्गा उस्लाइ नदिने भनि निधो भयो । फेरि अर्को दिन घरमै आएर जग्गाको दाम तथा पास गर्ने समय मिलाइ किन्ने भनि १६ लाख दाम गरि बैना १ लाख दिने १५ लाख पछि पास गरेका दिन दिने निधो भएर बैना गर्ने र कागज बनाउने सहमति भयो । बैनाको कागज बेलबारि मालपोत कार्यलयको केशब भट्टराईको लेखापढि गर्ने कार्यलयमा मिति २०७७/१२/१९ गते एकलाख बैना र पास गर्ने २०७८/२/५ गते अन्तिम मिति भित्र गर्ने भनेर कागज गरि दुबै पक्षहरूले सहिछाप गरि एक एक प्रति लियौ दियौ । त्यो बैना गरेको कागज गरेपछि उस्ले के भन्यो भने म संग पैसा छैन , बैकबाट पैसा निकाल्छु , बैकले यो सानो रकमको बैना कागजले यत्रो पैसा दिदैन , त्यसैले त्यो पैसा निकाल्नको लागि अलि ठुलो वा डब्बलको अर्को बैना कागज बनाइ दिनुस भनेपछि हुदैन भनियो । यो पैसा छिटो निकाल्छु र छिट्टै पास हुन्छ भनेर अनुनय बिनय अनि आग्रह र ढोग्नै आटेपछि होलानि भनेर उसको सजिलोको लागि अर्को नक्कली बैना कागज ३१ लाखको पुरा दाम र बैना १५ लाख लिएको र १६ लाख लिन बाकि भनेर उहि पहिले गरेकै प्रकृयाको कागज गरि उस्लाइ दियौ । जुन एक लाखको सक्कलि बैना गरेको कागजको पछाडि यो सक्कल बैना कागज हो अर्को ३१ लाख दाम राखेर १५ लाख बैना लिएको नक्कली कागज हो यो बैकमा पैसा निकाल्ने प्रयोजनको लागि मात्र बनाइएको हो भनि उसको सहि छाप गराइएको छ । पास गर्ने समयमा कोरोना सुरु भयो रोकियो । तर पुरै बन्द थिएन । अषाढ १५ गते मालपोत खुलेपछि पास गर्न तयार हुनुहोस भनियो । हुन्छ भनेपनि अषाढ गयो श्रावण गयो पास गर्ने कुरै गर्दैन ब्यबस्था गर्दैछु भन्छ । अब पास गर्ने म्याद पनि सकिएको र पास गर्न पनि नसके पछि उस्लाइ नपर्खने भनि उसलाइ जग्गा नदिने निधो गरियो । अर्कैलाइ त्यो पहिलेको भाउमा नदिने र अर्कै भाउमा जग्गा बेच्ने प्रकृया चलाउदै गर्दा बिभिन्न ग्राहक आए गए । भदौको बिच तिर एकजना ग्राहक आएर २१ लाख दिने भनि जग्गा किन्ने निधो भयो । अब हामिले जग्गा अर्कैलाइ बेच्न आटेका छौ तपाइको बैना लिन आउनुहोस भनेपछि अनेक खुरापाति सोच बनाएको रहेछ म आफै त्यहि दाम २१ लाखमा जग्गा किन्छु भनेर कचकच गरेपछि त्यो पछिल्लो ग्राहक फर्काएर त्यहि शंकर खत्रीलाइ जग्गा २१ लाखमा दिने निर्णय गरि भदौ २५ गते बेलबारि मालपोत कार्यलयमा पास गर्न गइयो । लिखत तयार भयो , थैलो २० लाखको हालियो , कार्यलयमा टोकन लगाइयो । पैसा दिने बेलामा पहिले १ लाख बैनामै दिएको र बाकि २० लाख चाहि नेबिल बैकमा २० लाख जम्मा गरेको नक्कलि कलेक्सन भौचर देखाएर पैसा जम्मा गरिदिए भनि भौचर देखाएपछि बैंकमा बुझ्दा पैसा जम्मै नभएको नक्कली भौचर थाहा भएपछि जग्गा पास गर्ने काम रोकेर अव उस्लाइ जग्गा नदिने निर्णय भयो । तुरुन्तै उस्को १ लाख बैना फिर्ता गरेर उसले लिएको १ लाखको बैना कागज च्यातियो । त्यसपछि त्यो ठगले उक्त जग्गा बिक्रि गर्न भाजो हाल्ने , त्याहा गएर मैले किनेको जग्गा हो मैले १५ लाख बैना दिएको छु त्यो मेरो जग्गा हो कसैले नकिन्नु होला भनि स्थानियलाइ हप्काउने कार्यले उक्त जग्गा बिक्रि गर्न कठिनाइ भयो । मालपोतमा पनि टोकन लगाएको जग्गा बिक्रि गर्न कठिनाइ हुने र त्यो टोकन खुलाउन दुबै पक्ष चाहिने हुदा उ मालपोत नजाने कार्य गरिरहेको थियो । जग्गा बिक्रि गर्न रोकि पाउ भनि मालपोतमा एउटा ठाडो निवेदन पनि हालेको थियो । उस्ले भनिरहेको थियो कि त्यो नक्कली बैना कागज देखाएर मैले १५ लाख बैना दिएको छु त्यो मलाइ चाहियो भनि पहिले देखिनै अड्डि कसिरहेको छ । समय बित्दै गयो । मालपोतमा लगाएको टोकन हटाउ भन्दा उ पनि नमन्ने त्यो जग्गा पनि बेच्नुपर्ने हुदा निकै तनाब भइरहेको छ । उ त्यो नक्कलि कागजमा बनाइएको १५ लाखको बैना नदिए त्यो टोकन हटाउदिन भनि जिद्दि गरिरहेको छ । अन्तमा जग्गा बिक्रि हुने छाटकाट भएपछि उस्ले जिल्ला अदालत सुनसरिमा त्यो १५ लाखको बैना कागजको आधारमा बैना गरेको रकम दिलाइ पाउ भनि मिति २०७८/१२/३ गतेका दिन शान्ता दाहालको नामको सम्बन्धित जग्गा र इटहरीमा रहेको घर भएको जग्गा रोक्का हालि मुद्दा नं २०४९७१४०१ हालि शान्ता दाहालको सम्पुर्ण जग्गा हडपि ठग्ने नियत गरेको छ । त्यसैले यो शंकर खत्री ठग हो भन्ने प्रमाणित हुन्छ । त्यतिमात्र होइन यो ठगले गाउका धेरै केटाहरुलाइ कुलतमा फसाउने , काठ तस्करि गरि त्यहि अदालतमा मुद्दा खेपि रहेको छ । एकजाना उसकै गाउको बन्धु चेवन खतिवडालाइ मटरसाइकल किनिदिन्छु भनि ४० हजार ठगेको , फर्निश्चर किनेर पैसा नदिएको , आफ्ना सबै दाजुभाइसंग राम्रो सम्बन्ध नभएको काठको काम गर्दा ठगेको , नक्कलि रक्सिको कारोबार गरेको , दाजुभाइलाइ मुद्दा लगाएको , इलाममा होटेल खोलेको , बांसको ब्यापार गर्दा बांसको पैसा नदिएको , पिन्डेश्वरि नामको मन्टेश्वरि स्कुल खोलेर बिगारेको , १० हजार भन्दा बढि धेरैको पैसा खाएर नतिरेको , उदयपुरबाट २ नं रक्सि( प्याकिङ्ग) बोकेर बेचेको , लफडा केटाहरु लिएर हिड्ने , जोगबनिबाट सामान ओसारपसार गर्ने , केटाहरुलाइ अघि लगाउदै नराम्रो काम गर्ने पुलिसले पक्राउ गर्न खोज्दा केटाहरु अघि सारेर आफु भाग्ने , मिल , बांसवालालाइ ठग्ने , बिष्णु अधिकारिलाइ टाउकोमा हानेर फुटाइ ९० दिन थानाले थुनेको अनि पक्राउ पर्ने डरले टिका लगाएर पहेलो लुगा र रुद्राक्षको माला लगाइ बाहुन भएर हिड्ने , घरमा आफुले अपराध गरेको काष्टि काट्न पुजा , संख बजाएर बहुरुप देखाउदै बस्ने ठग हो । यो ठग देखि गाउले वाक्क भइ कोहि पनि उसंग मतलब राख्दैनन । त्यसैले यस्ता बहुरुपि ठगले अरुलाइ पनि ठग्ने काम निरन्तरता दिएकोले यस्ता पेशेवर ठगदेखि होसियार ! होसियार !!

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved