सत्ता गठबन्धन चुनाव जित्न मात्रै नबनेको बताएका छन् ।

  • प्रकाशित मितिः कार्तिक १६, २०७९
  • 328 पटक पढिएको
  • समय अनलाइन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले अहिलेको सत्ता गठबन्धन चुनाव जित्न मात्रै नबनेको बताएका छन् ।
बुधबार इटहरीमा आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको सुनसरी क्षेत्र नं. २ (क) कोे अगुवा कार्यकर्ता भेलामा बोल्दै ढुंगानाले अहिलेको गठबन्धन चुनाव जित्न मात्रै नबनेको बताएका हुन् ।
‘यो गठबन्धन चुनाव जित्न मात्रै बनेको होइन, गठबन्धनलाई चुनावमा मात्रै जिताउने होइन,’ उनले भने, ‘यो गठबन्धनले व्यवस्था होइन, अवस्था परिवर्तन गर्नेछ, बोल्न पाउनु मात्रै पनि लोकतन्त्र होइन ।’
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अधिनायकवादको बाटोमा अग्रसर रहँदा बनेको गठबन्धनले नेपाली जनताको अवस्था परिवर्तन गर्नका निम्ति चुनावमा सँगै होमिएको बताए ।
‘वैचारिक र शैद्वान्तिक रूपमा भिन्नता भएपनि हाम्रो उदेश्य समाजवाद हो, समाजवाद केवल लोकतन्त्रबाट मात्रै सम्भव छ,’ नेता ढुंगानाले भने, ‘हामीलाई एमालेको आनीबानी राम्रैसँग थाहा छ, ओली नेतृत्वको एमालेले जस्तोसुकै झुटको खेती गर्नपनि पछि पर्दैन ।’
उनले गठबन्धनको विषयमा भ्रमितमा नपर्न आग्रह गर्दै चुनाव जिताउन आग्रह गरे । उनले भने, ‘मुलुकलाई समृद्विको यात्रामा अगाडि बढाउन पनि गठबन्धन आवश्यक छ ।’
कार्यक्रममा सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. २ तर्फ नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहता, प्रदेशसभातर्फ सुनसरी २ (क) बाट माओबादी केन्द्रका उम्मेदवार द्वारिकलाल चौधरी, कांग्रेस महाधिवेशन प्रतिनिधि विकास केसी, माओबादी केन्द्र प्रदेश १ का सदस्य उमेश साह, माओबादी केन्द्र इटहरीका इञ्चार्ज मदन चुडाल, कांग्रेस सुनसरी २ (क) का सभापति सुबेक्छु देवान राई लगायतले बोलेका थिए ।
निर्वाचनको मिति नजिकिएसँगै अहिले वडागत रूपमा निर्वाचन परिचालन समिति निर्माण गरी चुनाव प्रचारप्रसार सुरु गरिएको कांग्रेस सुनसरी २ (क) का सचिव चिन्तामणि सापकोटाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved