बिर्तामोडमा ‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करण हुने, पहिलो अडिसन मंसिर १० गते

  • प्रकाशित मितिः कार्तिक २९, २०७९
  • 503 पटक पढिएको
  • समय अनलाइन

इटहरी/ विगतमा सफल रुपमा संचालन भएको बालबालिकाको सौन्दर्यता र क्षमता प्रष्फुटनमा आधारित सौन्दर्य प्रतियोगिता ‘पुर्वान्चल लिटिल स्टार’ को चौथो संस्करण हुने भएको छ । साईमन फिल्मस एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुति तथा ओजस फिल्म्स प्रालीको आयोजनामा हुने यो प्रतियोगितालाई राठी केबलले मुख्य प्रायोजन गर्ने भएको छ । यो प्रतियोगिताको पहिलो अडिसन आगामी मंसिरको १० गते सनिवार हुदैछ । बिर्तामोडको सनिश्चरे रोडमा अवस्थित सरगम संगीतालयमा दिनको १ बजेदेखि ५ बजेसम्म अडिसन समय तोकिएको छ । बालबालिकाहरुको सौन्दर्यतासंगै क्षमता अभिबृद्धी तथा भित्री कलालाई बाहिर ल्याउने र सबैमाझ प्रस्फुटन गर्ने मुख्य उद्देश्य रहेको आयोजक साईमन राजबंशिले बताए । प्रतियोगितामा ७ देखि १५ वर्ष उमेर समुहका बालबालिकाले सहभागी हुन पाउने राजबंशिको भनाइ छ ।

बालबालिकाहरुको ब्युटी प्याजेन्ट आयोजना गर्ने कम्पनीको रुपमा परिचित ‘साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बई’ले यसअघि ‘पुर्वान्चल लिटिल स्टार’ को ३ ओटा संस्करण सफलतापुर्बक सम्पन्न गरिसकेको छ । यहि कम्पनीबाट ‘फ्लायर्स फिल्म अवार्ड’ आयोजनाको पनि घोषणा गरेको छ । हाल गर्न लागिएको ‘पुर्वान्चल लिटिल स्टार’ को चौथो संस्करणमा आवेदन फारम ५०० तथा तालिम शुल्क १५ हजार तोकिएको छ । सहभागी हुन इच्छुकका लागि आवेदन खुल्ला भएको आयोजकले जनाएको छ । यसबारे बुझ्नका लागि ९८११३५९८४७ र ९८१६५९६६९१ मा सम्पर्क गर्न सकिनेछ । त्यस्तै बिजेता तथा उप-बिजेताहरुले ३ लाख लागतमा बन्ने हिन्दी गीतको म्युजिक भिडियोमा फिचर्ड हुने मौका समेत पाउनेछन् । साथै अन्य आकर्षक पुरस्कार तथा अवार्ड र क्राउन प्रदान गरिने छ । यसमा तेश्रो संस्करणका सहभागीहरुलाई पनि फिचर्ड गराइने साइमनको भनाइ छ ।

जुन गीतलाई ईन्डियाको सारेगमप लिटिल च्याम्प्समा पुगेर तहल्का पिटेका बालगायक प्रितम आचार्यले गाएका छन् । भिडियोको केही प्रतिशत छायांकन पनि सम्पन्न भैसकेको छ । ‘पुर्वान्चल लिटिल स्टार’को कोरियोग्राफरको रुपमा अशिमा दूतराज रहनेछिन् । उनी फेसन मोडल हुन भने पुर्वान्चल लिटिल स्टारको यसअघिका सम्पुर्ण संस्करणको कोरियोग्राफी गरेकी छन् । यो कार्यक्रमको निर्देशक समेत रहेका साईमन नेपाली तथा भोजपुरी म्युजिक भिडियो उधोगका चिनिएका कोरियोग्राफर हुन् । थुप्रै नेपाली फिल्मको गीतहरुमा समेत कोरियोग्राफी गरेका उनले हिन्दी गीतहरुमा पनि कोरियोग्राफी गरेका छन् । उनको बलिउडमा जि टिभीको कोरियोग्राफर भएर काम गरेको अनुभव छ भने अभिजित शावन्त, प्रशान्त तामाङलगायतका सेलेब्रेटीहरुसंग पनि काम गरेका छन् ।

‘पुर्वान्चल लिटिल स्टार’को अफिसियल भिडियोग्राफी पार्टनर ‘परिकला फोटोग्राफी’, फोटोग्राफी पार्टनर क प्रोडक्सन रहेको छ भने मिडिया कोअर्डिनेटर तथा अफिसियल भिडियोग्राफर सुवास श्रेष्ठ संकल्प हुन् । डिथ्री अनलाइन, विशेष अनलाइन, सुर्योदय टेलिभिजन अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ । कार्यक्रम अवधिभरमा सहभागीहरुले कोरियोग्राफी तथा सौन्दर्यता सम्बन्धी तालिम प्राप्त गर्ने छन् । त्यसैगरी फिनालेको समयमा आयोजकका तर्फबाट सम्पुर्ण सहभागीलाई ड्रेसको तयारी, ट्रेनिङ टि-सर्ट, प्रोफेसनल फोटोसुट, नृत्य तथा संगीतको कक्षा, सेलेब्रेटीहरुसंग भेट, मोटिभेसनल, पर्सनालिटी डेभलपमेन्ट, मास-कम्युनिकेसन लगायतको अवसर प्रदान गरिनेछ । सहभागी सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरिनुका साथै बन्न लागेको चलचित्र ‘प्रधान द लिडर’ खेल्ने मौका समेत आयोजकले प्रदान गर्ने भएको छ । यो चलचित्र हिन्दी, नेपाली, भोजपुरी र राजबंशी गरि ४ भाषामा तयार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved