भ्रष्टाचार मुद्धामा कैद र जरिवाना ठहर भई १३ बर्षदेखी फरार शेरबहादुर पक्राउ

  • प्रकाशित मितिः मंसिर ८, २०७९
  • 365 पटक पढिएको
  • समय अनलाइन

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन अनुसन्धान अधिकृत बद्रि श्रेष्ठको जाहेरीले रेडियो नेपाल प्रशारण सेवा विकाश समिति क्षेत्रिय प्रसारण केन्द्र पोखराका तत्कालिन लेखापाल जिल्ला बाग्लुङ कुश्मीसेरा- ०९ घर भई  रुपन्देही साविक रुद्रपुर-०८ हालको कञ्चन गाँउपालिका वडा नं ३ बस्ने वर्ष ५१ को शेर बहादुर के.सीलाई खोजतलास गर्दै जाने क्रममा सालझण्डी प्रहरीले मिति २०७९/०८/०७ गते रुद्रपुरबाट फैसलाको १३ वर्षपछी पक्राउ गरेको हो । बिशेष अदालतको २०६६ सालको फैसला पक्राउ परेका शेरबहादुर के.सीले  लेखापालको रुपमा वहाल रहँदा रेडियो प्रशारण विभागमा कार्यरत कर्मचारीहरुको तलब समेत आफूले निकाली अपचलन गरेको हुनाले उनलाई भ्रष्टाचार गरेको ठहरी १ वर्ष ६ महिना कैद र रू. ५,८०,८८१/८६ (पाँच लाख असि हजार आठ सय एकासी रुपैया छयासी पैसा बिगो र बिगो बमोजिम जरिवाना सजाँय तोकिई विगत १३ वर्षदेखी फरार रहेका शेर बहादुर के.सी लाई ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

                              पक्राउ परेका शेरबहादुर केसीलाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराईएकोमा कैद भुक्तानका लागी अदालतको आदेशअनुसार कारागार चलान भएको प्रवक्ता डिएसपी श्यामु अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved