सुन्दरहरैँचा / आज शहीद दिवसको अवसरमा सुकुना बहुमुखी क्याम्पसका विद्यार्थीले दीप प्रज्वलन गरेको छन । आज साँझ विराटचौक स्थित सुकुना बहुमुखी क्याम्पस परिसरमा विद्यार्थीले देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गरेका हुन् ।
सो कार्यक्रममा ज्ञात तथा अज्ञात शहिदहरुप्रति श्रद्धासुमन अर्पण गर्दै १ मिनेट मौनधारण गरिएको थियो। सविना थापाको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस प्रमुख चन्द्रमणि राई, निर्वतमान स्ववियु सभापति सन्तोष लिम्बु लगायत बिभिन्न प्रध्यापक तथा विद्यार्थीको सहभागिता रहेको थियोे ।
सो कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक कार्कीले परिवर्तनको पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्ना जीवन अर्पण गर्ने शहिदहरुको योगदान सधै प्ररणादायी हुने बताईन । त्यस्तै क्याम्पस प्रमुख राईले शहीदहरुकै कारण मुलुकमा वाक स्वतन्त्रता तथा मानवअधिकार प्राप्त गरेको भन्दै शहीदहरुको योगदानको चर्चा गरेका थिए ।
निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह’ मनाइँदै आएको छ । स्वतन्त्रताको माग गर्दा वि।सं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । दिवशको अवशरमा सरकारले यसअघी सार्वजनिक बिदा दिने गरेपनि यो पटक भने सार्वजनिक विदा दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved