उपभाक्ता सन्तुष्टा साहतका व्यवसाया हितमा थिति बसाल्नेछ : मणिन्द्र बहादुर कटुवालअध्यक्ष उम्मेदवारी छ

  • प्रकाशित मितिः माघ २४, २०७९
  • 490 पटक पढिएको
  • जीवन फुयाल

मोरंग जिल्लाको सिजुवामा २०२२ सालमा जन्मनु भएका मणिन्द्र बहादुर कटुवाल महेन्द्र मोरंग क्याम्पस बिराटनगरबाट प्रविणता प्रमाण पत्र तह उत्तीर्ण हुनुहुन्छ । नेपाल रेडक्रस सोसाइटी उप शाखाको आजीवन सदस्य, होटल व्यवसायी संघको इटहरी अध्यक्ष, केन्द्रिय उपाध्यक्ष, उवासंघ इटहरीको मेला आयोजना समिति संयोजक, इटहरी जेसीजको कार्यसमिति सदस्य जस्ता विभिन्न जिम्वेवारी समाली सक्नु भएको।हालाँ जिल्ला मोरंग सुन्दरहरैचा नगरपालिका वार्ड नं. ६ मा अवस्थित किरतिश्वर महादेव मन्दिरको वर्तमान संचालक समितिको कोषाध्यक्ष हुनुहुन्छ । इटहरीमा २०४८ साल देखि व्यापार व्यवसाय गर्दै आउनु भएका कटुवाल महेन्द्र मोरंग क्याम्पस बिराटनगरबाट प्रविणता प्रमाणपत्र तह सम्म उत्तीर्ण गर्नु भएको छ । अष्ट्रेलिया र नेपालका विभिन्न शहरहरु तथा धार्मिक क्षेत्रहरु भ्रमण गर्नु भएका कटुवाल मिजासीलोसिलो, सरल व्यवहार, मिलनसार र मिजासीलोसिलो साथै सहयोगी भावनाको हुनु हुन्छ । २०४५ सालमा देवकी अधिकारीसंग बैबाहिक सम्बन्ध गाँस्नु भएका कटुवालका सन्ततिका रुपमा २ छोरा र २ छोरी रहेकाछन् । हाल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवार दिनु भएका कटुवालसंग यस दैनिकका समाचार प्रमुख जनक पाण्डेले गरेको कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
उद्योग वाणिज्य संघमा तापाईको उम्मेदवारी किन ?
मेरो उम्मेदवारी भनेको इटहरीमा भएका सम्पुर्ण उद्योगी व्यापारीहरुलाई समेटेर लैजाने र व्यापारीहरुको साझा सवालमा लडने, मार्कामा परेका व्यापारीहरुको सके सम्म सेवा गर्ने ध्येय रहेको छ । अन्य पनि धेरै कारण छन् मैले निर्वाचन जिते पछि ती कुराहरु म व्यवहारमा प्रयोग गरेर देखाउने छु । मेरा खास एजेण्डा भनेको इटहरीका व्यापारीहरुको हक हितमा लड्ने हो । साथै वहाल सम्बन्धि व्यापारीहरुको नासाहरु सुनवाई गरि समस्याको हिराईमा पुगेर समस्या निराकरण र्ने आदी एजेण्डा रहेकाछन् । घर बहालकर तिर्नु पर्नेमा धनीले पारीहरुले तिर्नु परेकोमा व्यापक वाज उठी रहेको छ नी यस वयमा तापाई के भन्नु हुन्छ ?

वास्तवमा घरबहालकर भनेको घर धनीले भाडामा नेहरुसंग कबोल अनुसारको हा मागिरहेको थियो । हालकर घर धनीले तिर्नु उनु पर्ने पर्ने हो तर घर मा बस्नेले नै कर बुझाउनु ध्यता छ यो सरकारी नीतिमा न हुनुपर्छ । घरभाडा कर कागज नदेखाएसम्म संघ न्यू हूँदैन र करचुक्ता प्रमाण दैन त्यसैले घरभाडामा बस्ने हरु घरभाडा कर तिर्न बाध्य
छन् । मलाई मतदाताहरुले उवासंघको अध्यक्षमा मत दिएर जिताउनु भयो भने घरधनी स्वयम्ले तिर्नु पर्ने वातावरण बनाउने छु । उद्योग वाणिज्य संघमा तत्काल गर्नुपर्ने काम के के छन् ?
उद्योगी तथा व्यापारीहरुसंग तीनै तहका सरकारले अधिकतम कर लिन्छन् । करको सदुपयोग हुँदैन, व्यापारीले तिरेको कर कहाँ कसरी खर्च भएको छ । करबाट संकलित राष्ट्रको ढीकुटीमा रहेको रकम सही ढंगले खर्च भएको छ वा भ्रष्टाचार भएको छ करदाताहरुले खोजी गर्न सक्ने वातावरण मिलाउन आवश्यक छ । उद्योग वाणिज्य संघमा सदस्यता नविकरण सम्बन्धि सहजता ल्याउनु पर्ने आवश्यक छ । ठेकेदारी प्रथाको अन्त्य गर्नु पर्ने छ, दलिय भागबण्डामा उम्मेदवार बनाइने गलत तरीका र नेताको आशिर्वादले उवासंघको अध्यक्ष बन्ने परिपाटीको अन्त्य गर्नु पर्ने छ । म निर्वाचित भएको खण्डमा सबैकाम गर्न तयार छु । त्यति ठूलो भएर पनि भवनको उद्योग वाणिज्य संघको भवन सदुपयोग गर्न नसकेको भन्ने आम व्यापारीहरुको भनाइ छ नी ?
उद्योग वाणिज्य संघको भवनलाई हाल सम्म सदुपयोग गर्न नसकेको जनगुनासाहरु सही हुन् यति ठुलो भवन भएर पनि


मणिन्द्र बहादुर कटुवाल
( इटहरी उवासंघ अध्यक्ष पदका उम्मेदवार)
उवासंघले अधिकतम सदुपयोग गर्न सकेको छैन । उद्योग वाणिज्य संघको आम्दानी घटेको छ उक्त भवनको अधिकतम उपयोग गरी आम्दानी बढाउने कार्यमा मेरो प्रतिवद्धता रहने छ । इटहरी चौकमा पार्किङको असुविधालाई कसरी लिनु भएको छ ?
इटहरी चौकमा पार्किङको कुराहरु असुविधा भएका व्यापारीहरुबाट बारम्बार आएकाछन् यी समस्यालाई मध्यनजर गरि इटहरी उपमहानगरपालिका र ट्राफिक प्रहरीसंग समन्वय गरी तत्काल पार्किङको व्यवस्था मिलाउने मेरो योजना रहेको छ । उद्योग वाणिज्य संघमा आबद्ध व्यापारीहरुका समस्यालाई कसरी लिनु भएको छ ?
→मैले उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी हासिल गरें भने व्यापारीहरुका गुनासा सुन्ने परिबन्ध मिलाएर। गुनासाहरु तत्काल समाधान गर्ने खालका छन् अथवा सरकारी निकाय संग समन्वय गरेर गुनासाको सम्बोधन गरिनु पर्ने हो अथवा के कसरी हुन्छ व्यापारीको समस्या समाधान गर्नमा म हर पल तत्पर रहने छु । अर्थात व्यापारीहरुका कुनै पनि समस्या भएमा त्यस्ता समस्याहरुको तत्काल सुनवाई गरी समाधान गर्ने प्रतिवद्धता गर्दछु । बैंकहरुले आफुखुसी अधिक व्याज कायम गरेकोमा उद्योगी व्यापारीहरु आन्दोलित बनेकाछन् यो समस्यालाई तपाईले कसरी लिनु भएको छ ?
वास्तवमा कोभिड-१९ ले थिलथिलो भएका उद्योगी व्यापारीहरुलाई बैंकहरुले एक्कसी आफु खुसी व्याज दर बढाएर, विभिन्न दस्तुर, लिएर झण्डै १८ प्रतिशत तिर्न परेको अवस्था छ । बैंको व्याजवृद्धिले व्यापारीहरु धेरै मार्कामा परेकाछन् । यो समस्या उवासंघले मात्र सुल्झाउन सक्ने होइन तसर्थ सरकारसंग पहल गरेर व्यापारीहरुले लिएको ऋणमा बैकहरुले आफु खुसी अधिक व्याज कायम गरेकामा यस विषयमा संघिय सरकार समक्ष बैंक व्याज
-
सिंगल (एक) अंकमा ल्याउन पहल गर्ने छ ।
उद्योग वाणिज्य संघ व्यापारीहरुको विषयमा अन्य केही भन्नु बाँकी छ की ?
उद्योग वाणिज्य संघको २०७९ माघ ८ गतेको साधारणसभामा जे देखे जे भोगे उवासंघ इटहरीको आर्थिक पाटो- हिसाव किताव अत्यन्तै अस्त व्यस्त रहेको पाएँ। अनावश्यक ठाउँमा खर्च गरी संस्थालाई करिब २५ लाख घाटा पुऱ्याएको पाइयो यस विषयमा मैले उवासंघका पदाधिकारीहरुसंग प्रश्न गर्दा जबाफ पाइन् । घुम्ती सौचालयको नाममा ३८ लाख रकम खर्च भएको विल भर्पाई पेस भएको छ तर त्यसको सदुपयोग भएको देखिएन र घुम्ती शौचालय कहाँ राखिएको छ अत्तोपत्तो छैन ।
कोभिड-१९ महामारीको समयमा अक्सीजन र डाक्टर सहितको सुविधा भएको कोभिड अस्थाई उपचार केन्द्र स्थापना गरीएको सो को कुनै हरहिसाव उद्योग वाणिज्य संघको आय व्ययमा नदेखाईएको उद्योग वाणिज्य संघको तर्फबाट एक मुष्ट ६ लाख खच भएको देखाएको तर कुन के वस्तुमा खर्च भयो सो नदेखाएको । दाताहरुबाट उठेको रकम कति हो सो उल्लेख नगरीएको र सो उठेको रकम र उवासंघको ६ लाख खर्च भएको मात्र भनि उल्लेख गरिएको छ । कोभिड महामारीमा काम गरेकोमा धन्यवाद छ तर ती खरिद गरीएको सामानहरु कहाँ छन् के कस्तो अवस्थामा छन् सो उद्योग वाणिज्य संघको सम्पत्ती भएकोले त्यसमा पारदर्शिता सहितको हिसाव व्यापारीहरुले हेर्न चाहेकाछन् ।
व्यापारी साथीहरुले मलाइ निर्वाचित गराएको खण्डमा म त्यस्ता हिसावको खोजी गर्ने र उवासंघको हर हिसाव चुस्त दुरुस्त राखेर सबै व्यापारीहरुलाई हर हिसाव हेर्न चाहेको खण्डमा हेने पाउने व्यवस्था मिलाउने छु । सदुपयोग नहुने काममा लगानी गरिने छैन भनी प्रतिवद्धता व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved