अध्यक्ष पदका उम्मेदवार पीताम्बर पोखरलले जीवन पराजुलीको समूहलाई समर्थन गर्ने

  • प्रकाशित मितिः माघ २४, २०७९
  • 421 पटक पढिएको
  • समय अनलाइन

उद्योग वाणिज्य संघ इटहरीको यही २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार पीताम्बर पोखरलले जीवन पराजुलीको समूहलाई समर्थन गर्ने भएका छन् ।मंगलबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित चुनावी घोषणा सभामा बोल्दै अध्यक्ष पदका उम्मेदवार पोखरेलले पराजुलीको समूहलाई समर्थन गर्ने बताएका हुन् ।मेरो यस संस्थामा उम्मेदवारी यस कारणले छ कि, उद्योग वाणिज्य संघमा अहिलेसम्म कुनै पनि ठाउँमा पार्टीको तर्फबाट लेटरप्याडमा लेखेर अध्यक्षको उम्मेदवार घोषणा भएको थाहा थिएन,’ पोखरेलले भने, ‘राजनीतिकरण गर्न खोजियो, त्यसको विरुद्वमा मेरो उम्मेदवारी हो ।’उनले व्यवसायिक संस्थामा कुनै पनि राजनीतिकरण हुन नहुने र सबै जाती, धर्म र वर्गका व्यवसायी समेटिनुपर्ने तर्क गरे ।पराजुलीको टिम आँफूले सोचेजस्तो भएको र उम्मेदवारी फिर्ता लिनुपर्ने समयमा ढिलाई भएकाले अहिले आफ्नो समर्थन पराजुलीलाई रहेको उनले बताए ।मेरो यो टिमप्रति पूर्ण समर्थन रहेको र उपस्थित व्यवसायीहरूलाई म अध्यक्षको उम्मेदवार रहेपनि मेरो पनि भोट यो टिमलाई जाने जानकारी गराउँदछु,’ उनले भने, ‘यो टिममा सबै पार्टी, सबै जाती र सबै वर्गको उपस्थिति रहेकाले यो टिमलाई समर्थन रहेको जानकारी गराउँदछु ।’निर्वाचनका लागि पाँचजनाको उम्मेदवारी परेको छ । जसमध्ये पोखरेलले पराजुलीलाई समर्थन गर्ने बताएसँगै चारजनाबीच तीव्र प्रतिष्पर्धा हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved