इटहरी /आगामी माघ २८ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनका कारण बजारमा माहोल तातिएको छ । अध्यक्ष पदका गायत्री कटुवाल भण्डारीको प्यानल बाट आफुले उमेदवार दियो को बताए आकाङ्क्षी विगतका भन्दा बढि देखिएपछि सबैलाई कौतुहल्ता बढेको छ ।अध्यक्ष मध्ये तीन जनाले आफ्नो प्यानल नै बनाएर चुनावमा होमिएका छन् । यो पटकको उद्योग वाणिज्य संघको नेतृत्वका लागि मुख्य गरी युवा व्यावसायी बढि आकाङ्क्षी देखिएका छन् । अघिल्लो पुस्ताले धान्दै आएको ब्यापार होस वा आफैं व्यवसाय थालेका अधिकाशं युवा अहिले उद्योग वाणिज्य संघको चुनावमा सन्तोष आचार्य इटहरीको पुरानो तथा चर्चित गोरखा डिर्पाटमेन्ट स्टोर सञ्चालक बलराम आचार्यका छोरा हुन् सन्तोष । बुवाको व्यवसायप्रतिको लगाव, मेहनतका कारण प्रभावित भएका उनले व्यावसायमा आफ्नो भविष्य देखेका अहिले गोरखा बेकरी उद्योग, गोरखा होटल तथा गोरखा गौशाला कृषि फार्ममा आबद्ध छन् । कयौँलाई रोजगार सृजना गरेका आचार्य आगामी हुने निर्वाचनबाट नेतृत्वमा पुग्न सके व्यावसायीका सामान्य समस्या देखि जटिल समस्यामा साथ दिने बताउँछन् । ३९ वर्षीय आचार्य हप्तामा कुन बार बजार बन्द गराउने भन्ने विवादलाई अन्त्य गर्दै हप्तामा एक दिन छुट्टि दिएर कर्मचारीलाई न्याय दिने बताउँछन्