इटहरी : यही शनिबार (भोलि) हुने उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको निर्वाचन हुदैंछ ।

  • प्रकाशित मितिः माघ २७, २०७९
  • 294 पटक पढिएको
  • जीवन फुयाल

इटहरी : यही शनिबार (भोलि) हुने उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको निर्वाचन हुदैंछ ।

व्यवसायीका सानादेखि ठूला समस्यालाई मुख्य चुनावी एजेन्डा बनाएर अध्यक्ष पदका लागि मैदानमा चारजना प्रतिष्पर्धामा छन् ।

अध्यक्ष पदका लागि जीवन पराजुली, गायत्री कटवाल (भण्डारी), रञ्जु सिग्देल र मणिन्द्रकुमार कटवाल प्रतिष्पर्धामा छन् । अर्का उम्मेदवार पीताम्बर पोखरेलले भने पराजुली समूहलाई सघाउने उद्घोष गरेसँगै चुनावी गतिविधि निष्क्रिय पारेका छन् ।

यसअघि चारपटक सम्म उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्य तथा कोषाध्यक्ष भएर काम गरेकी गायत्री कटुवाल (भण्डारी) यसपटक अध्यक्ष पदमा प्रतिष्पर्धा गर्नका लागि अहिले घरदैलो अभियानमा रहेकी छन्व्यी को हितमा काम गर्ने उद्घोष गर्दै आएकी उनले यसपटक व्यवसायीहरूले महिलाको नेतृत्व चाहेको बताउँछिन् । म एक वर्ष अघिदेखि अध्यक्षको तयारीमा छु । ३० वर्षसम्म पुरुषले चलाएको संस्था एकपटक एउटा महिलालाई चलाउन किन नदिने,’ उनले भनिन्, ‘व्यवसायीहरू मेरो पक्षमा हुनुहुन्छ, त्यसैले पनि चुनाव जित्ने विश्वास लिएको छु ।’

उनले आफ्नो नसामै व्यवसाय भएका कारण व्यवसायीको समस्या बुझ्ने बताइन् । ‘व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्नेछु,’ उनले भनिन्, ‘व्यवसायीले तिरेको करबाट उहाँहरूकै हितका लागि काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

उनले घरबाहल कर र सवारी पार्किङ व्यवस्थापनमा आफ्नो भूमिका अब्बल रहने बताइन् । उनले भनिन्, ‘सरकारले लगाएको नियमलाई हामी तोड्ने अबस्थामा छैंनौ । घरबहाल कर घरधनीले तिर्नुपर्ने हो तर व्यावसायीले तिरिराख्नु भएको छ, यसको कार्यान्वयन गराउन स्थानीय सरकारसगँ समन्वय गर्छाै ।’

उनले आँफू अध्यक्ष भएको अवस्थामा व्यवसायीहरूसँग हरेक समय संवाद र सहकार्य गरी समस्याबारे निक्र्यौल निकाल्नका लागि सकारात्मक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved