कर्णालीका डाक्टरहरूकाे साहसलार्इ सलाम !

  • प्रकाशित मितिः असार २१, २०७५
  • 1046 पटक पढिएको
  • Mausam

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले निषेधाज्ञा तोडेर पनि अनशनरत प्राध्यपक डा. गोविन्द केसीलाई प्रहरी घेराबाट फुत्काएर उपचारका लागि अस्पतालमा लगेछन् । चिकित्सा शिक्षा अध्यादेशलाई ‘मेडिकल माफिया’ अनुकूल बनाएर संसद्मा प्रस्तुत गर्न खोजेपछि आफूसँग सरकारले पहिले गरेको सम्झौता कार्यान्वयनका लागि दबाब दिन जुम्ला पुगेर अनशन सुरु गर्न लाग्दा स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अरू केही ठाउँमा निषेधाज्ञा जारी गरिदियो । डा. केसीलाई प्रहरीले पक्य्रो । उनले प्रहरी हिरासतमै अनशन सुरु गरे । त्यसपछि उनलाई रिहा गरिएको भन्दै प्रहरीले स्थानीय कभर्ड हलमा लग्यो । डा. केसीले त्यही अनशनलाई निरन्तरता दिए । प्रहरीले पहरा दिइरह्यो । जुम्लाका सचेत नागरिकहरूले डा. केसीको समर्थनमा जुलुस निकाले । प्रशासनले वास्ता गरेन ।

 

मूलतः चिकित्सा शिक्षामा रहेका विकृति अन्त्य गर्ने माग राखेर पन्ध्रौं अनशन सुरु गरेलगत्तै बिरामी भएका डा. केसीलाई प्रशासनले राखेको कभर्ड हल फोहोर र मानवीय सुविधायुक्त थिएन । त्यस्तो अस्वस्थकर ठाउँमा जुम्लाका डाक्टरहरूले उपचार गर्न मानेनन् । डा. केसी अनशन तोड्न तयार नहुने, प्रशासन उनलाई अन्त जान नदिने र डाक्टरहरू जुम्लाको कभर्ड हलजस्तो अस्वस्थकर ठाउँमा बिरामीको उपचार गर्न नमान्ने ! समस्या जटिल हुँदैथियो । चौधपटकको अनशनले गलाएको डा. केसीको जीर्ण काया उपचारविना धेरै दिन टिक्न असम्भव थियो । कसै न कसैले दुश्चक्र तोड्ने आँट गर्नैपथ्र्यो । ‘बिरामी उपचारको अभावमा छटपटाइरहेको‘ देखेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टहरूले प्रशासनको निषेधाज्ञा र प्रहरीको सुरक्षाघेरा तोडेर डा. केसीलाई एम्बुलेन्सबाट अस्पताल लगे । डा. केसीको जीवन रक्षार्थ डाक्टरले देखाएको साहसबाट जुम्लाको स्थानीय प्रशासन र प्रहरी पनि गम्भीर अनिष्ट टरेको र अवगालबाट जोगिएकोमा कृतार्थ भएको हुनुपर्छ ।  

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचार कक्ष छैन । यसैले डा. केसीको अवस्था थप जटिल भएमा उनको उपचार त्यहाँ सम्भव हुँदैन । डा. केसी आफ्ना माग पूरा नभई अनशन नछाड्ने अडानमा छन् । सरकार यसपटक डा. केसीलाई गलाउने मनःस्थितिमा देखिएको छ । यसैले त गृहमन्त्रीले डा. केसीलाई ‘अधिनायकवादी’ भनेका होलान् । सत्याग्रहको कारण र औचित्यका सम्बन्धमा डा. केसी, उनका समर्थक र डा. केसीका मागहरूबाट स्वार्थमा प्रत्यक्ष असर पर्ने व्यवसायीसँग विशेष निकटता भएको कम्युनिस्ट नेताहरूका धारणा अलग हुनु स्वाभाविकै हो । परन्तु, यी सबै विवाद हुँदाहुँदै पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले चिकित्सा धर्म पूरा गर्न देखाएको साहसका लागि उनीहरूलाई सलाम गर्न हिचकिचाउनु पर्दैन । डा. केसीलाई प्रहरीको घेराबाट निषेधित स्थानमा लगेर उपचार गर्न चानेचुने आँटले पुग्दैन । सरकारको वक्रदृष्टि भएका बेला जुम्लाको स्थानीय प्रशासन र प्रहरीलाई चुनौती दिन कति ठूलो आँट चाहिन्छ भन्ने त्यहाँ बस्नेहरूले मात्र बुझेका हुन्छन् । हिप्पोक्रेटिक शपथ स्मरण गरेर चिकित्सकको धर्म पालना गर्न साहस देखाएकोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूलाई बधाई र सलाम !  

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved