इटहरी /गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्वजनिक भएको छ। धीरज क्षेत्रीको शब्द तथा संगीत रहेको उक्त गीतमा पिगी प्रोडक्सनका प्रमोद परियारले संगीत संयोजन गरेका छन्।
अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको गीतको भिडियोमा दी मन्डला डान्स स्टुडियोका कलाकारहरू सुरज श्रेष्ठ, सुस्मिता केसी, सुशान्त महर्जन, सेमाङ बोसलगायतको अभिनय रहेको छ। रविनविक्रम कार्की र पेम्बा मोक्तानले छायांकन गरेको उक्त भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन्।
गीतको निर्देशन सुरज श्रेष्ठले गरेका हुन्। यसअघि ‘जब घाम ढल्छ’ र ‘अचेल’ बोलको गीतको भिडियो निकालिसकेका निर्मल दाहालले आफ्नै युट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved