धरान एक्स्पोको सम्पूर्ण तयारी पुरा

  • प्रकाशित मितिः फाल्गुन ११, २०७९
  • 423 पटक पढिएको
  • समय अनलाइन

एक्स्पोको लागी आवश्यक सम्पूर्ण भौतिक संरचनाहरू तयारी भइरहेको एक्पो संयोजक गोपाल श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार  सॅाझ सम्म १२३ मध्ये हालसम्म ११५ वटा स्टल बुकिङ भइसकेको छ । साथै दैनिक २० जना सशस्त्र प्रहरी बल,१० जना नेपाल प्रहरी,२० जना निजी सेक्युरिटी गार्डले सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाएको सङ्घले जनाएको छ । महोत्सवमा सुरक्षाका लागि सिसिटिभी जडान गरिएको आयोजकको भनाई छ । ३० हजार बढिले दैनिक अवलोकन गर्छन् भने एक्स्पो अवधिमा १० करोडको कारोबार हुने लक्ष्य रहेकाले र यस अवधिमा बजार पनि चलायमान हुनाले महोत्सवमा खरिद बिक्री हुनाले  धरानको सुस्ताएको व्यापार पुनः जाग्ने आयोजकको भनाई छ । 

एक्स्पोमा नेपालका उत्पादनहरूको मात्र नभै भारत, बङ्गलादेश र पाकिस्तानबाट पनि स्टल राखिने सङ्घका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । यस्तै, पहिला पटक धरानमा डोम (ह्याङ्गर) को प्रयोग गरेर स्टल राखिनेछ । डोम भित्र ७० वटा स्टल हुनेछ भने बाहिर थप ७० वटा स्टल हुनेछ । डोममा स्टल राख्दा हावा, पानी, हुरी बतासले पनि कुनै नोक्सानी नहुने भएकोले सुरक्षित हुने अध्यक्ष श्रेष्ठले बताए ।

एक्सोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैङ्क तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल रहने स्टल व्यवस्थापन संयोजक विष्णु बरालले जानकारी दिए । यो एक्स्पो व्यापार गर्न नभै उत्पादन तथा व्यापारको प्रवर्द्धन गर्न आयोजना गरिएको पनि उनले बताए । एक्स्पोमा हरेक साँझ मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम पनि आयोजना हुनेछ । राष्ट्रिय स्तरको कलाकारहरूको प्रस्तुति रहने भएकोले बेलुकी भने १ बजेदेखि टिकट (शुल्क) ५० रहने छ भने ४ बजेदेखि टिकट १ सय रुपैयाँ लाग्ने पनि आयोजकले जनाएको छ ।

एक्स्पोमा मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरलगायतका जिल्लाहरूबाट मानिसहरू अवलोकन तथा व्यापार गर्न आउने पनि उनको भनाई छ । साथै उनठले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाउने पनि अपेक्षा गरिएको बताए ।

सङ्घका अध्यक्ष विजय श्रेष्ठका अनुसार एक्स्पो अवधिमा विभिन्न गोष्ठीहरू पनि आयोजना हुनेछ । बेरोजगारहरूलाई स्वरोजगार बनाउन फागुन १३ गते स्वरोजगार गोष्ठी गरिने उनले बताए । उक्त गोष्ठीमा प्रत्येक वडाबाट एक महिला र एक पुरुषलाई सहभागी गराइनेछ । गोष्ठीमा सानो लगानीमा व्यवसाय कसरी गर्ने र व्यापार, व्यवसाय कसरी अघि बढाउने भनेर प्रशिक्षण दिइने पनि उनले बताए । यस्तै, धरानका होटेल, ट्याम्पो, बस व्यवसायीहरूलाई समेत समेटेर पर्यटन गोष्ठी पनि गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त गोष्ठीमा प्रदेशभरिबाट पर्यटन व्यवसायीहरूलाई निमन्त्रणा गरेर धरानलाई पर्यटनको हब कसरी बनाउने भनेर छलफल गरिनेछ । यस्तै, धरानको खानेपानी समस्या र समाधानबारे पनि गोष्ठी गर्ने अध्यक्ष श्रेष्ठले बताए ।भोलि सॅाझ गायक समीर श्रेष्ठको प्रस्तुति रहने छ । 

पानमारा ,चतरा, वराहक्षेत्र र अरुण पेट्रोल पम्ममा  निःशुल्क धरान एक्पो आउने गाडी पाइने आयोजकको भनाई छ । भोलि महोत्सवमा रक्तदान कार्यक्रम साथै स्वास्थ्य शिविर समेत हुनेछ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved