धरान फुटबल क्लब पहिलो खेलबाटै बाहिरियो
- प्रकाशित मितिः फाल्गुन 13, 2079
- 380 पटक पढिएको
- समय अनलाइन
सुनसरी : आयोजक धरान फुटबल क्लब २३ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको पहिलो खेलबाटै बाहिरिएको छ ।
शनिवार भएको उद्घाटन खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित हुँदै धरान फुटबल क्लब क्वाटर फाइनल खेलबाटै बाहिरिएको हो ।
निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।
भोलि आइतबारको दोस्रो क्वाटर फाइनल खेल बागमती युवा क्लब सर्लाही र एभिनियर फुटबल क्लब क्यामरुन बिच हुनेछ ।