मानवअधिकारवादीसहित १२ जना माइतीघरबाट पक्राउ

  • प्रकाशित मितिः असार २१, २०७५
  • 1163 पटक पढिएको
  • Mausam

मानवअधिकारवादीसहित १२ जना माइतीघरबाट पक्राउ

गंगामाया बचाउ, डा. गोविन्द केसीका माग पूरा गर र माइतीघरमा लगाइएको निषेधाज्ञा फिर्ताको माग गर्दै प्रदर्शन गर्न पुगेका मानवअधिकारवादीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

केहीबेरअघि उनीहरुलाई माइतीघरबाट पक्राउ गरिएको हो ।

 

पक्राउ पर्नेमा इन्द्रप्रसाद अर्याल, चरण प्रसाईँ, माहामुनिश्वर आचार्य, लोकराज अवस्थी, विश्व छवाल, जयराम दाहाल, सागर अधिकारी, मनोज अधिकारी, डा. सुरेन्द्र भण्डारी, डा. उद्धव प्याकुरेल,मोहन ज्ञवाली र लोकेन्द्र पोखरेल रहेको प्रितम सुवेदीले जानकारी दिए ।
पक्राउ परेका सबै जनालाई अनामनगर प्रहरी वृत्तमा राखिएको छ ।सरकारले आन्दोलनका लागि स्थान तोकिदिएपछि त्यसको तीव्र विरोध भइरहेको छ भने चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी ६ दिनदेखि जुम्लामा अनसनमा छन् । उता गंगामाया अधिकारी छोरोका हत्यारालाई कारवाहीको माग गर्दै वीर अस्पतालमै आमरण अनसनमा छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved