बेलबारी/ फुयालहरुको बंशावली लेखनको काम अन्तिम चरणमा पुगेको छ। मोरङ्गको बेलबारीस्थित लक्ष्मिमार्गमा शनिबार भएको फुयालहरुको भेलामा यस्तो जानकारी दिईइएको हो।
फुयाल उत्थान समाज मोरङ्गले गरेको बन्धु मिलन तथा चियापान कार्यक्रममा बंशावलीमा नाम छुटपुट भए तुरुन्त सम्पर्क गर्न समेत समाजका अध्यक्ष कुमार फुयालले बताउनुभयो।
कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष केवल फुयाल एवं सचिव गंगा फुयाललगायत प्रदेश एक भरिका फुयाल बन्धुहरुको सहभागिता थियो।
बिभिन्न जिल्लामा रहेका टोल नगर र जिल्ला समितिमा रहेका फुँयालहरु अनि बिभिन्न सामाजिक क्षेत्रमा कृयाशिल फुयाल बन्धु समाजलाई झापाको माईमा रहेको कोटि होम गर्ने स्थल, मोरङ्गको लक्ष्मिमार्गमा रहेको फुयाल प्रतिष्ठानको भवन निर्माण गर्न दाताहरुलाई अनुरोध गर्ने अनि प्रतिष्ठानलाई मजबुद पार्ने भेलाले निर्णय समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved