धरान /एामानयर फुटबल क्लब क्यामरुन बुढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा वाग्मती युवा क्लब सर्लाहीलाई १-० गोलअन्तरले पराजित गर्दै एभिनियरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एभिनियरको जितमा खेलको १४औं मिनेटमा कप्तान घिनीको पासमा सबा अलीले गरेको गोल नै निर्णायक बन्यो । मध्यान्तरअघिसम्म दबाबमा खेलेको वाग्मतीले दोस्रो हाफमा पाएको केही अवसरको सदुपयोग गर्न नसक्दा क्वाटरफाइनल खेलबाटै बाहिरिनुपर्यो । दोस्रो हाफको अधिकांश समय एभिनियरलाई दबाबमा राख्न सके पनि फिनिसिङ लाइन कमजोर हुँदा एभिनियर भाग्यमानी साबित भयो । उक्त खेलको म्यान अफ दी म्याच वाग्मतीका आयुष राणा घोषित भए । सोमबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच हुनेछ । फागुन २० गतेसम्म चल्ने गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख पाउनेछ
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved