धरान एक्स्पो हुरी बतासको  स्टलहरूमा पनि क्षति पुर्‍याएको छ

  • प्रकाशित मितिः फाल्गुन १५, २०७९
  • 519 पटक पढिएको
  • समय अनलाइन

हिजो राती आएको हुरी बतासले धरान रंगशालमा चलिरहेको धरान एक्स्पोका केही स्टलहरूलाई क्षति पुर्‍याएको छ । एक्स्पोस्थल उत्तर तर्फ रहेका खाजा स्टलहरूको टेन्ट हुरी बतासको दबाबले ढल्काएर क्षति पुर्‍याउँदा स्टलमा रहेका सामाग्रीहरूको पनि नोक्सानी भएका छन् ।
हुरी बतासले मञ्चको दक्षिण तर्फका कपडा, तिन पाने सहितका केही स्टलहरूमा पनि क्षति पुर्‍याएको छ । उत्तर तर्फ १६ वटा स्टलहरू र दक्षिण तर्फ ४/५ स्टलहरूलाई हुरी बतासले क्षति पुर्‍याएको हो । एक्स्पो आयोजक समिति तथा सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र प्रधानका अनुसार क्षति पुगेको स्टलहरू ३-४ बजे सम्ममा मर्मत भइसक्ने छ ।
साँझको साङ्गीतिक कार्यक्रम सकेर दर्शकहरू घर फर्किसकेपछि हुरी बतास आएकोले कुनै मानवीय घटना नभएको उनले बताए । तथापि खाजा घरका खाद्यवस्तु सहितका क्षतिको प्रारम्भिक अनुमान गर्दा ८ देखी १० लाख रुपया सम्मको क्षति हुरी बतासले पुर्‍याएको छ ।
यसपालि एक्स्पोमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शन हल डूमको व्यवस्था गरिएकाले व्यापारिक स्टलहरूलाई हुरी बतासले कुनै क्षति नपुर्‍याएको महासचिव प्रधानले बताए । धरानमा पहिलो पटक व्यापार मेलामा  वृहत् ह्याङ्गरको प्रयोग गरिएको हो ।
एक्स्पोको प्रदर्शनी र सांस्कृतिक कार्यक्रमको स्टेजलाई हुरी बतासले कुनै क्षति नगरेको बताउँदै उनले भने ‘एक्स्पोका कार्यक्रमहरू आज पनि नियमित चलिरहेका छन् ।’ हुरी बतासले पुर्‍याएको स्टलका क्षति सामान्य भएको उनको भनाई छ ।
यसैबिच एक्स्पोमा तयारी अवस्थामा रहेको रोटे पिङ, झुला सहितको बाल उद्यान आज देखी सञ्चालन हुने भएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताएका छन् । मेयर हर्क साङपाङबाट बाल उद्यानका खेलहरू सञ्चालन गर्न स्वीकृति दिएको उनले बताए ।
यसअघि एक्स्पोको सबै तयारी पुरा भए पनि बाल उद्यानको खेलाहरू भने सञ्चालन गर्न मेयर साङपाङले रोक लगाएका कारण सञ्चालन हुन सकेको थिएन । उत्सव, पार्कहरूमा जुवाजन्य खेला वर्जित भए पनि  रोटे पिङ, झुला लगायतका बालबालिकाको खेलका कुराहरू सामान्य रूपमा चलेका हुन्छन् । धरान एक्स्पोमा भने त्यस्तो खेल रोकिएकोमा सबै अचम्मित भएको कुरा फेसबुकमा भाइरल भएको थियो

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved