नामका बिषयमा पुनर्विचार गर्न कोशी प्रदेशका कांग्रेस जिल्ला सभापतिहरुकाे माग

  • प्रकाशित मितिः जेठ १८, २०८०
  • 454 पटक पढिएको
  • समय अनलाइन

भोजपुर/ कोशी नामका बिषयमा पुनर्विचार गर्न जिल्ला सभापतिहरुले माग गर्नु भएको छ । नेपाली कांग्रेसका कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले विज्ञप्ति निकाल्दै नाममा पुनर्विचार गर्न माग गर्नु भएको हो । जिल्ला सभापतिहरुले संयुक्तरुपमा बिज्ञप्ती निकाल्दै काेशी नाममा पुनर्विचार गर्न माग गर्नु भएको छ।

 ‘नेपाली कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्ती कमजोरीहरूलाई सच्याउने साहस गर्न सक्छ। यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग विशेष आग्रह गर्दछौँ ।’ सभापतिहरुले निकालेको बिज्ञप्तीमा भनिएको छ। विज्ञप्तीमा प्रदेश नम्बर १ को नाम कोशी राखिएकोमा गम्भीर आपत्ति जनाउँदै प्रदेशका जनता आन्दोलित भएकोप्रति गम्भीर ध्यानाकर्षणभएको समेत उल्लेख गरिएको छ।

आन्दोलनमा संयमित हुन हामी आन्दोलनकारीहरूलाई विशेष आग्रह गर्दछौँ भन्दै बिज्ञप्तीमा जिम्मेवार बनेर मानवअधिकारको सम्मान गर्न तथाविरोध गर्न पाउने मौलिक हकको सम्मान गर्न पनि माग माग गरिएको छ।

बिज्ञप्ती निकाल्ने जिल्ला सभापतिहरुमा भोजपुर सभापति बिनोद बान्तवा, मोरङका डिकबहादुर लिम्बु, सुनसरी केदार भण्डारी, देउ कुमार थेवे झापा, दिपक खडका संखुवासभा, हिमाल कार्की उदयपुर, बिष्णु कुमार राई खोटाङ, तेजेन्द्र खनाल ओखलढुंगा, नामगेल जाङबु शेर्पा सोलुखुम्वु, दिनेश राई धनकुटा, रुपनारायण जवेगु पाँचथर, डम्मर खडका इलाम, अर्जुन तुम्वाहाम्फे तेह्रथुम र ताप्लेजुङका गजेन्द्र तुम्याहाङ हुनुहुन्छ।

प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठुलो तप्काले अहिले बिरोध गरि रहेको बिज्ञप्तीामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved