ढुवानी रोकिँदा डिजेल र पेट्रोल अभाव

  • प्रकाशित मितिः असार २१, २०७५
  • 1205 पटक पढिएको
  • Mausam

दैनिक नेपाल २०७५ असार २१ गते ९:२८
 
 
 

तेह्रथुम, २१ असार । हिलाम्मे सडकका कारण ढुवानीमा समस्या भएपछि तेह्रथुममा डिजेल र पे

वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ ढुवानीमा समस्या भएकाले अभाव भएको व्यवसायीले दाबी गरेका छन् ।

ढुवानी समस्याकै कारण जिल्लामा डिजेल र पेट्रोल उपलब्ध गराउँदै आएको तेह्रथुम फ्युल सेन्टरले मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ ।

जिल्लाका लागि डिजेल लिएर आउँदै गरेको ट्यांकर असार पहिलो साता लालीगुराँस नगरपालिकाको लसुने नजिकै दुर्घटना भएपछि पुनः जिल्लाका लागि पेट्रोलियम पदार्थ भित्र्याउन नसकेको व्यवसायी चन्द्रशेखर सुवेदीले बताए ।

हिलाम्मे सडकका कारण ठूला ट्यांकरले तेल ल्याउन नमान्ने र साना गाडीबाट ढुवानी गर्दा नोक्सान हुने भएकाले पर्याप्तरुपमा डिजेल र पेट्रोल उपलब्ध गराउन नसकेको उनको भनाइ छ ।

साना गाडीबाटै ढुवानी गरेर पेट्रोल उपलब्ध गराइरहे पनि ठूलो माग आउने गरेको डिजेलको भने अझै पनि अभाव रहेको छ ।

गाडीले तेल अभावका कारण जर्किनमा डिजेल बोकेर आवतजावत गरिरहेका छन् । ठूला कम्पनी र थोक ग्राहकलाई ट्यांकर दुर्घटना भएयता डिजेल उपलब्ध गराउन नसकेको व्यवसायी सुवेदीले बताए ।

पेट्रोल पम्पमा नै पेट्रोलियम पदार्थको अभाव भएपछि जिल्लामा पेट्रोलियम पदार्थको कालोबजारीसमेत भइरहेको छ ।

व्यवसायीले मनपरि शुल्क लिएर किनबेच गरिरहेका उपभोक्ताको गुनासो छ । पेट्रोलियम पदार्थको अभावको मौका छोपेर ग्रामीण सडकमा गुड्ने गाडीले महँगो भाडासमेत उठाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved