राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहु

  • प्रकाशित मितिः आश्विन ४, २०८०
  • 141 पटक पढिएको
  • समय अनलाइन

तनहुँ ।।राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् ।व्यास नगरपालिका-३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि असोज ६ गते राष्ट्रपति पौडेल तनहुँको दमौली आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
उनका अनुसार शनिबार तनहुँको दुई स्थानको कार्यक्रममा सहभागि भई राष्ट्रपति पौडेल काठमान्डौं फर्किने छन् । बिहान तनहुँको भानु नगरपालिका १३ स्थित मिर्लुङमा रहेको भंगेरथानमा पूजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति पौडेलले दमौलीमा रहेको सभागृहको उद्घाटन गर्ने कार्यक्रम १ बजे तय भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
साथै सभागृहको आडैमा निर्माण गरिएको बिपी पार्कमा बिपी कोइरालाको शालिकको राष्ट्रपति पौडेलले अनावरण गर्नेछन् । करिब ७ सय ५० जना क्षमताको उक्त सभाहल गण्डकी प्रदेशकै ठूलो रहेको मानिएको छ । रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा उक्त सभाहल श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाण्डौले निर्माण गरेको हो ।

करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ । उक्त भवन चार ढलानको बनाइएको छ । भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष रहेका छन् । उद्घाटन पश्चात जिल्ला सभाको बैठक बसि उक्त सभाहल सञ्चालनमा ल्याईने जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved