भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित बिराटनगर

  • प्रकाशित मितिः आश्विन ५, २०८०
  • 150 पटक पढिएको
  • जीवन फुयाल

बिराटनगर /कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले भाद्र महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने २ जना प्रहरी कर्मचारीलाई महिनाको सर्वोत्कृष्ट प्रहरी ( Best Police Of The Month) घोषित गरी पुरस्कृत गरेको छ । विभागीय मूल्य मान्यता, आदेश निर्देशको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक राजेन्द्र कटवाल र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार रघुनाथ मण्डललाई पुरस्कृत गरेको हो । पुरस्कृत भएका प्रनानी कटवालले मोरङ र सुनसरी जिल्लामा श्रृङखला बद्द भएको लुटपाटको घटनामा संग्लग्न ब्यक्तिहरुलाई पक्राउ गर्नुका साथै ड्युटीमा खटिएको प्रहरी टोलीलाई आक्रमण गरी घाइते बनाइ लुटेर लगेको प्रहरीको चाइनिज पेस्तोल समेत बरामद गर्न सफल भएको र मण्डलले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको लागि आवश्यक पर्ने फर्निचर, स्थानीय स्तरमा उपलब्ध साधनश्रोतको अधिकतम सदुपयोग गरी विभिन्न किसिमका फर्निचरहरू निर्माण गरी कार्यालयको सौन्दर्यीकरण कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरी पुरस्कृत गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले बिगत देखी नै हरेक महिना सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गर्दै आईरहेको र सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्य बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको डिजिटल डिस्प्लेमा तथा कोशी प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved