चाडपर्व नजिकिए सँगै१५ लाख ८७ हजार नक्कली नोटसहित पक्राउ परेका दुईजना

  • प्रकाशित मितिः आश्विन ५, २०८०
  • 290 पटक पढिएको
  • समय अनलाइन

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार बजारमा नक्कली नोटको कारोबार भएको गोप्य सूचनाको आधारमा प्रहरी टोली परिचालन गरिएको हो । चाडपर्व नजिकिँदै गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको उनले बताए ।पक्राउ पर्नेमा सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिका-५ का विवेक राई र मकालु गाउँपालिका-६ बस्ने अजय राई रहेका छन् । प्रहरीले एक हजार दरका १५ सय ८७ वटा नोट सहित तीन थान मोबाइल बरामद गरेको छ ।

अभियुक्तहरूले सो रकम बजारमा पुर्‍याए बापत १० लाख रुपैयाँ बुझाएर अरु पैसा आफूले चलाउने तयारी गरेका थिए । १५ लाख ८७ हजार बजारमा पुर्‍याउँदा ५ लाख ८७ हजार फाइदा हुने भएपछि उनीहरू बजार छिरेका हुन् । चाडपर्व नजिकिए सँगै बजारमा पैसाको कारोबार बढ्ने भएकाले नक्कली नोट बजारमा आउने क्रम सुरु भएको हो ।

काठमाडौँबाट नक्कली नोट छपाई गरी बजारमा ल्याएको बताउँदै प्रहरीले पक्राउ परेका नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाइएको जनाएको 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved