कानूनले दिएको अधिकारको पूर्ण प्रयोग गर्दै जनमैत्री स महानिरीक्षक बसन्त बहादुर कुँवर संगठन प्रमुख

  • प्रकाशित मितिः आश्विन १०, २०८०
  • 142 पटक पढिएको
  • समय अनलाइन

संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण भ्रमणको क्रममा कानूनले दिएको अधिकारको पूर्ण प्रयोग गर्दै जनमैत्री सेवा प्रवाह गर्न निरन्तररुपमा लागि पर्न सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा वहाँले नागरिकको जिउ धनको सुरक्षा प्रदान गर्ने प्रहरीको प्रमुख जिम्वेवारी रहेको बताउदै समाजमा अपराध हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यका लागि सम्पुर्ण प्रहरी कर्मचारीहरुले आपसी भाईचारा, सहयोगी भावना साथ इमान्दारी पुर्वक आ-आफ्नो पदिय दायित्व निर्वाह गर्नु पर्ने बताउनु भयो । वहाँले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिँदो परिवेश तथा चुनौतीलाई सामना गर्दै आफ्नो जिम्मेवारी र उत्तरदायित्व प्रति कटिबद्ध भई निष्पक्ष रूपमा नागरिक सेवामा लाग्नु पर्ने, आफुमा निहित सिप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरीय रूपमा सम्पादन गर्दा नै संगठनको श्रीवृद्धि हुने हुँदा सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने बताउनु भयो । साथै वहाँले चोरी पैठारी लगायत अन्य अपराधिक गतिविधिलाई नियन्त्रण गर्न थप क्रियाशील हुनु पर्ने तथा भिड नियन्त्रणमा संवेदनशील भई बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्न समेत निर्देशन दिनु भयो ।
उक्त कार्यक्रममा संगठन प्रमुख कुँवरलाई प्रदेश प्रहरी प्रमुख बास्तोलाले TOKEN OF GRATITUDE ले सम्मान गर्नु भएको थियो । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका वहाँलाई कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोला तथा प्रहरी अधिकृत सहितको प्रहरी टोलीले स्वागत गरेको थियो ।
वहाँले कार्यालय, सम्पुर्ण शाखाहरुका साथै भिडियो स्टुडियो रुम, परिचालन कक्ष तथा सिसि टिभि मनिटरिङरुमको समेत निरीक्षण भ्रमण गर्नु भएको थियो । यसका साथै वहाँले जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीको समेत निरीक्षण भ्रमण गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरी परिसरमा बृक्षारोपन समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved